• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजावादीको प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापको प्रगतिशीलद्वारा भर्त्सना


  •   शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले राजावादीको प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापको भर्त्सना गरेको छ ।

    Advertisement

    आज (चैत १५ गते) राजावादी आन्दोलनको क्रममा एक जना पत्रकारको ज्यान गएको, कतिपय घाइते भएको तथा सञ्चार जगतमाथि तोडफोड भएको घटनाको सन्दर्भमा प्रगतिशीलले सो धारणा व्यक्त गरेको हो ।

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ चैत १५ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था भएसँगै त्यसलाई मौलिक हकको रूपमा घोषणा गरिएको स्मरण गराएको छ ।

    निर्भयपूर्वक समाचार सङ्कलन तथा प्रकाशन/प्रसारणमा अवरोध सिर्जना गर्ने राजावादी क्रियाकलापको विरोध गर्दै प्रगतिशीलले ज्यान गुमाएका पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, तोडफोडबाट भएको क्षतिबापत क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसित माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “राजावादीहरूको आज (२०८१ चैत १५ गते) को उग्र तथा हिंस्रक आन्दोलनको निसानामा समग्र सञ्चार जगत् परेको छ । त्यस क्रममा एभिन्युजका क्यामेरा पर्सन सुरेश रजकको आगलागी परी दुखद निधन हुन पुगेको छ भने अनलाइन खबर डट कमका पत्रकार दिनेश गौतमको खुट्टा भाचिएको छ । राजावादीका यस्ता उग्र तथा ह्रिसक गतिविधिको मारमा कान्तिपुर, अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन, अनलाइनखबर डट कम, सेटो पाटी डट कमसहित सम्पूर्ण सञ्चार जगत् परेको छ । राष्ट्रिय मानवअधिकार आयोगले आजको घटनालाई मानवअधिकार उल्लङ्घन ठहर गरेको छ ।

    नेपालको संविधान–२०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । त्यस्तै संविधानमा प्रेस स्वतन्त्रतालाई मौलिक हकसमेत मानिएको छ । यो अवस्थामा प्रेस जगत्ले देशभित्र निर्भयपूर्ण वातावरणमा समाचार सङ्कलन तथा प्रकाशन/प्रसार गर्न पाउनुपर्दछ तर आज राजावादीहरूले प्रेस जगतलाई त्यो अधिकारबाट पूरै वञ्चित गरेका छन् । हाम्रो सङ्गठन राजावादीहरूको यस खालको प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापको कठोर शब्दमा भर्त्सना गर्दछ ।

    हाम्रो सङ्गठन सञ्चारकर्ममै रहेका बेला ज्यान गुमाउनुभएका पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार जगतमाथि भएको तोडफोडका लागि क्षतिपूर्तिका साथै यस खालका घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनअनुसार कारबाही गर्नका लागि सरकारसित माग गर्दछ ।”

    शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.