• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पीएन क्याम्पसमा अखिल (छैठौं) ले लगायो ताला, चुनाव अनिश्चितकालका लागि स्थगित


  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । देशकै सबैभन्दा धेरै विद्यार्थी मतदाता रहेको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

    Advertisement

    निर्वाचन समितिले मतपत्रमा गडबड गरेपछि भएको विवादपछि स्थगित भएको मतदान प्रक्रिया विद्यार्थी संगठनहरूसँग छलफल नै नगरी भोलि बिहान पुनः सूचारु हुने सूचना प्रकाशित गरेको भन्दै अखिल (छैठौं) ले गेटमा तालाबन्दी गरेको छ ।

    अखिल (छैठौं) र नयाँ शक्ति विद्यार्थी युनियनले क्याम्पसको गेटमा तालाबन्दी गरेको जनाएका छन् । तालाबन्दीपछि निर्वाचन समितिले स्ववियु निर्वाचन अनिश्चित कालका लागि स्थगित गरेको मंगलबार साँझ सूचनामार्फत जनाएको छ ।

    निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले साँझ सूचना जारी गर्दै अखिल (छैठौं) ले साँझ ७ बजे क्याम्पस गेटमा तालाबन्दी गरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन बाधा उत्पन्न भएकाले निर्वाचन प्रक्रिया रोकिएको जानकारी गराएका हुन् । निर्वाचन अधिकृत पोखरेलबाट जारी विज्ञप्तिमा सर्वपक्षीय छलफलपछि निर्वाचनको मिति तय गरिने उल्लेख छ ।

    मंगलबार बिहान मतदान प्रक्रिया सुरु हुँदै गर्दा मतपत्रमा अखिल (छैठौं)बाट सभापतिमा उम्मेदवारी दिएका मिलन सुनारको नामको पछाडि मतदानको लागि रेजा लगाउने कोठा नै नभएपछि विवाद सिर्जना भएको थियो । लगत्तै अखिल (छैठौं)ले त्यसको प्रतिवाद गरेको थियो ।

    त्यसपछि निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले पनि गल्ती महसुस गर्दै नयाँ मतपत्र छापिने प्रतिबद्धता जनाएका थिए भने नयाँ मतपत्र छाप्ने बताएका थिए । तीन बजेसम्म पनि मतपत्र आइनसकेपछि निर्वाचन कमिटीले बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने सूचना निकालेको थियो ।

    निर्वाचन समितिले मतदानको मितिसहित सूचना प्रकाशित गरेपछि अखिल (छैठौं) सहित संयुक्त प्यानलले विरोध जनाए । उनीहरुले क्याम्पस गेटमा तालाबन्दी गरे भने ‘विद्यार्थी संगठनहरुले छलफल बिना नै एकाएक दिउँसो तीन बजे अप्रत्याशित ढंगले भोलि चैत ६ गते बिहान ८ बजेबाट सुचारु गरिनेछ भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण तथा केटाकेटीपना देखेर अचम्मित भएको’ भन्दै मौन अवधि उल्लंघन गरेकालाई कारवाही गर्दै निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न माग गरियो ।

    ‘यस्तो अविश्वास, छलकपटपूर्ण र बारम्बार निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि मुकदर्शक बनेर बस्ने घटनाले थप षड्यन्त्रको गन्भ आएको प्रष्ट देखिन्छ । त्यसैले निर्वाचन समितिले शान्तिपूर्ण, भयरहित र प्रभावरहित, निष्पक्ष निर्वाचनको लागि जोडदार माग गर्दछौँ,’विज्ञप्तिमा भनिएको थियो ।

    अखिल (छैठौं)को नेतृत्वमा क्याम्पस गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरिएको थियो भने विज्ञप्तिमार्फत निर्वाचन समितिले राजीनामा दिनुपर्ने माग पनि गरियो ।

    संयुक्त प्यानलले तालाबन्दीपछि निकालेको विज्ञप्तिमा ‘विद्यार्थी संगठनहरूको छलफल बिना नै एकाएक दिउँसो तीन बजे अप्रत्याशित ढंगले भोलि चैत ६ गते बिहान ८ बजेबाट सुचारु गरिनेछ भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण तथा केटाकेटीपना देखेर अचम्मित भएका छौँ’ भनिएको छ।

    विज्ञप्तिमा मौन अवधि उल्लंघन गरेकालाई कारवाहीसहित निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न माग गरिएको छ भने दोषीमाथि कारबाही गर्न भनिएको छ ।

    ‘यस्तो अविश्वास, छलकपटपूर्ण र बारम्बार निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि मुकदर्शक बनेर बस्ने घटनाले थप षड्यन्त्रको गन्भ आएको प्रष्ट देखिन्छ। त्यसैले निर्वाचन समितिले शान्तिपूर्ण, भयरहित र प्रभावरहित, निष्पक्ष निर्वाचनको लागि जोडदार माग गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ।

    अहिलेको निर्वाचनमा कमल सुवेदी र विप्लपी न्यौपाने स्वतन्त्र उम्मेदवार बनेका छन् भने बाँकी ६ जना विद्यार्थी संगठनबाट उम्मेदवार छन्।

    एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल (छैठौं)बाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन्। समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेकाबाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा छन्। क्याम्पसमा ९ हजार २७० मतदाता छन्।

    मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.