• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रुद्रावती क्याम्पसमा बाँकी मतदान सम्पन्न गर्न अखिल (छैठौं) को माग


  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । गुल्मीको रुद्रावती बहुमुखी क्याम्पसमा बाँकी रहेको मतदान कार्य सम्पन्न अखिल (छैठौं) ले माग गरेको छ ।

    Advertisement

    कुल १५९ मतदातामध्ये १०७ जनाले मतदान गरिसकेपछि निर्वाचन स्थगित गरेकोमा युनियनले सो माग गरेको हो ।

    २०८१ चैत ५ गते अध्यक्ष सुवास जिसीले जारी गर्नुभएको प्रेसवक्तव्यमा सत्ता सञ्चालक दलको विरुद्ध परिणाम जाने निश्चित भएपछि निर्वाचन स्थगित गरिएको आरोप लगाइएको छ ।

    क्याम्पस प्रशासन, निर्वाचन समिति र सत्तधारी विद्यार्थी गठबन्धनको सो कार्यलाई युनियनले गैरकानुनी, अन्यायी, धाँधलीपूर्ण, पक्षपाती र हद दर्जाको निकृष्ट कार्य बताएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रुद्रावती बहुमुखी क्याम्पस गुल्मीमा आज चैत ५ गते भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा दिउँसो करिब साढे एक बजेपछि क्याम्पस प्रशासन र निर्वाचन समितिले एकाएक चुनाव स्थगित गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त क्याम्पसमा सत्तागठबन्धनका अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलको विरुद्ध अखिल (छैठौं) एकल रूपमा लडेको थियो । १५८ जना मतदाता रहेको क्याम्पसमा दिउँसो १०७ जनाले मतदान गरिसकेको स्थिति थियो । निर्बाध रूपमा निकै शान्तिपूर्ण तरिकाले अगाडि बढेको निर्वाचन एकाएक रोक्ने काम भयो । अखिल (छैठौं) का सभापतिका उम्मेदवार कर्ण नेपालीलगायतका उम्मेदवारको जित सुनिश्चित बन्दै गएपछि सत्ता सञ्चालक दल, तिनका प्रशासन र निर्वाचन समितिले बहानाबाजी गरेर एक्कासि निर्वाचन रोक्ने षडयन्त्र गरे, जुन गैरकानुनी, अन्यायी, धाँधलीपूर्ण, पक्षपाती र हद दर्जाको निकृष्ट कार्य हुन पुगेको छ ।

    क्याम्पस प्रशासन, निर्वाचन समिति र सत्ताधारी विद्यार्थी सङ्गठनको गठबन्धनवाट विद्यार्थीको हक खोस्ने, मतदानको अधिकार लुट्ने, आफू र आफ्ना विद्यार्थी सङ्गठनले हार्ने भएपछि चल्दै गरेको निर्वाचन एकाएक रोक्नेजस्तो नाटकीय काम निकै लज्जास्पद र घृणित दुष्कर्म हो । यस्ता कर्म अखिल (छैठौं) लाई किमार्थ स्वीकार्य छैन ।

    हामीले उक्त क्याम्पस प्रशासन र निर्वाचन समितिलाई बाँकी रहेका मतदातालाई तुरुन्त भोट हाल्ने व्यवस्था गरी मतगणना गर्न हार्दिक अनुरोध गर्दछौँ । हाम्रो अनुरोधलाई बेवास्ता गरी अन्य कुनै कदम चालेमा अखिल (छैठौं) ले कानुनी तथा आन्दोलनका अन्य बाटा प्रयोग गर्ने चेतावनी दिन चाहन्छौँ । त्यसबाट हुने क्षतिको जिम्मेवार क्याम्पस प्रशासन र निर्वाचन समिति हुनेछ ।”

    मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.