बागलुङ । बागलुङको बरेङस्थित सर्वोदय क्याम्पसमा अखिल (छैठौं) को प्यानलनै विजयी भएको छ ।
मंगलवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (छैठौं) को प्यानल निर्विरोध निर्वाचित भएको सर्वोदय क्याम्पस स्ववियु निर्वाचन संयोजक ओमबहादुर पुनले जानकारी दिनुभयो ।
स्ववियु सभापतिमा मोहराज पौडेल‚ उपाध्यक्ष कला शर्मा‚ सचिवमा गोमा शर्मा‚ सहसचिवमा भीम बहादुर छन्त्याल‚ कोषाध्यक्ष हेमन्त कुमार ढकाल तथा सदस्यहरूमा प्रमिला थापा‚ सिजन थापा‚ लोकनाथ ढकाल‚ रेखा थापा‚आयुशा बस्याल र कमला शर्मा निर्वाचित हुनुभएको हो ।
निर्वाचित पदाधिकारीहरू लाई निर्वाचन संयोजक ओमबहादुर पुनले सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
नवनिर्वाचित स्ववियुको कार्यसमितिलाई क्याम्पस प्रमुख फुल कुमारी शर्मा, बरेङ गाउँपालिका–१ का अध्यक्ष नरसेङ पुन लगायतले बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित स्ववियु सभापति पौडेलले आफ्नो कार्यकालमा क्याम्पस र विद्यार्थीको हक हितका लागी देखिने गरि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सो क्याम्पसमा अखिल (छैठौं) को मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।