• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रकाश थापामगरको कथा “प्रवेश निषेध” को सङ्क्षिप्त समीक्षा


  •   शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    परिचय

    कथाकार प्रकाश थापामगरको “प्रवेश निषेध” कथासङ्ग्रहभित्र सङ्गृहीत पन्ध्रओटा कथामध्ये पहिलो कथाको नाम हो– “प्रवेश निषेध” । कोरोनाकालीन परिवेशको चित्रण गरिएको यो कथाले पाल्पामा रहेका मगर समुदायको संस्कारलाई उजागर गर्न खोजेको छ । साथै रेलयात्राको अनुभूति दिलाउने प्रयत्न गरेको छ । मुख्यतयः देश र जनतामा बिपत्ति आइपर्दा नेपाल सरकारले त्यसको सही व्यवस्थापन गर्न नसकेको यथार्थतालाई प्रतिबिम्बित गरेर राज्यको ध्यान आकर्षण गराउनु यो कथाको मुख्य उद्देश्य रहेको देखिन्छ ।

    “प्रवेश निषेध” कथा भारतमा रोजगारी गर्न गएको श्रमजीवी नेपालीले आपत्को बेलामा ब्यहोर्नुपरेको दुःखलाई उजागर गरिएको एक मर्मस्पर्शी कथा हो । यो “प्रवेश निषेध” कथाको समीक्षा गनुको मूल उद्देश्य यसमा रहेका गुणदोषको पहिचान गर्नु हो ।

    कथाको सारांश

    नेपालको पाल्पा घर भएका मीनबहादुर आफ्नी श्रीमती मनकला र छोराको साथमा भारतको चेन्नैबाट रेल चढेर नेपाल फर्कदै हुन्छन् । एकाबिहानै रेलभित्र चियावालाको मुखबाट निस्किएको “चाय गरम” को आवाजले मीनबहादुरलाई आफ्नो घरमा घटेको चियासम्बन्धी पुरानो घटनाको सम्झना हुन थाल्दछ ।

    मीनबहादुरको घर बुटवलदेखि पोखरा जाने सडक छेउमै हुन्छ । उक्त घरनजिकै आइपुगेर एक यात्रुबाहक बस खराब हुन्छ । यसपछि बसबाट दशबाह्र जना यात्रुहरू चिया खानलाई मीनबहादुरको घरमा आउँछन् । मीनबहादुरको आमाले उनीहरूलाई कालो चिया बनाइदिन्छन् तर चियापत्तीकाे मात्रा बढी हुन्छ । यात्रुहरूले चियाको रङ कडा भएको कुरा गर्छन् । मीनबहादुरको बुबाले हामी रक्सी बनाउनेलाई चिया बनाउन खासै आउँदैन भन्ने जवाफ दिन्छन् । यात्रुहरूले चियापटत्तीकाे कडा राग कम गराउन चियामा कागती राखेर पिउँछन् । यात्रुहरूले चियाको पैसा सोध्छन् । आमाले पैसा दिनुपर्दैन भन्ने जवाफ दिन्छन् तैपनि यात्रुहरूले १२० रुपैया आमालाई बुझाउँछन् । यसै घटनाको सम्झनामा मीनबहादुर हराइरहेका हुन्छन् ।

    “साहब चाय लेंगे ?” रेलभित्र चियावालाको यो आवाजले उनी झसङ्ग हुन्छन् । उनले भारु ५ रुपैयाले चिया किनेर पिउँछन् । गोरखपुर रेलवे स्टेसनमा आइपुगेपछि मीनबहादुरलगायतका यात्रीहरू जिपमा चढेर सुनौलीतर्फ आउँछन् । जिप उत्तरतर्फ हुँइकिँदै गर्दा अब छिट्टै नै केही घण्टाभित्र जन्मभूमि पाल्पा पुग्ने कल्पनाले मीनबहादुरको मन फुरुङ्ग भइरहेको हुन्छ । मातृभूमि आइपुग्नै लागेको हर्षमा उद्वेलित हुँदै गर्दा जिप सिमानानजिकै सुनौलीमा आइपुग्छ तर उनीहरूलाई नेपालतर्फ ल्याउनका लागि कुनै पनि रिक्सावाल तयार हुँदैनन् तैपनि पचास/सय रुपैयाँ भए पनि बच्यो भन्दै आफ्ना पोकापन्तुरा आफै बोकेर सिमानामा आइपुग्छन् । अपशोच ! त्यहाँ सिमाना पार गर्न कसैले पाइरहेका हुँदैनन् । सिमाना पार गर्ने ठाउँमा दुई सय पचासभन्दा बढी मानिसको भिड लागिसकेको हुन्छ । नेपाल प्रवेश गर्ने ठाउँमा प्रहरीहरू “प्रवेश निषेध” को बोर्ड देखाएर उभिरहेका हुन्छन् । एकातिर, यात्रुहरू आक्रोशित भइरहेका हुन्छन्, अर्कोतिर, पिसिआर रिपोर्ट नभईकन कसैलाई प्रवेश गर्न नदिने माथिको आदेशमा प्रहरीहरू खटिरहेका हुन्छन् ।

    यो परिवेश देखेर मीनबहादुर र उसकी श्रीमती निराश हुन्छन् । मीनबहादुर आफ्नो झोलामा भएको नेपाली नागरिकता झिकेर हेर्छन् । नेपाली भएर पनि आफ्नै नेपालमा प्रवेश गर्नको लागि भोग्नुपरेको यति ठुलो कष्टले उसको मन भारी हुन्छ । सम्झेर मातृभूमि उसको आँसु परेलीसम्म आइपुग्छ । आँसु रोक्न उनले प्रयत्न गर्छन् तर उनलाई परेलीसम्मै आइपुगेको आँसुलाई रोक्न निकै गाह्रो हुन्छ । उनले कल्पना गर्छन्, कोरोनाको महामारीले देशको सिमाना नै मेटाइदियो । यस्तो बिपत्को बेलामा नेपाल सरकारले नेपाल प्रवेश गराएर आफ्नो नागरिकको दुःखमोचन गर्ने सहज उपाय गर्नुपर्दथ्यो तर सरकार संवेदनविहीन किन बनेको होला ?

    “हर्टलेस !” अनायसै एउटा आक्रोश मीनबहादुरको मुखबाट फुत्किन्छ । नबुझेर छोराले “के भन्नुभयो” बुबा भन्दा मीनबहादुर झस्किन्छन् । यति बेला उनीहरूको पेटले दानापानी मागिरहेको हुन्छ । मीनबहादुर आफ्नी श्रीमती र छोरालाई साथमा लिएर होटेलभित्र पस्छन् ।

    कथाको मुख्य तत्त्वकोविश्लेषण

    कथाको विषयवस्तु

    विश्वभरि कोरोना महामारी फैलिएको अवस्थामा नेपालका श्रमजीवी वर्गले कसरी दुःख भोगेका थिए र यस प्रकारको महामारी आइपर्दा आफ्ना नागरिकप्रति राज्य किन संवेदनशील हुन सकेन भन्ने विषयवस्तुमा यो कथा केन्द्रित रहेको छ ।

    पात्र

    कथामा मुख्य पात्रको रूपमा मीनबहादुर रहेका छन् भने अन्य पात्रहरूको रूपमा उनकी श्रीमती, छोरा, चियावाला, जिपको यात्रामा रहेका पन्जाबी यात्री, घरमा रहेका आमाबुबा, बसका यात्री, नेपाली तथा भारतीय प्रहरी आदि रहेका छन् ।

    शैली

    कथामा लेखकले सरल र प्रभावशाली भाषा प्रयोग गरेका छन् । कतिपय समाजिक संस्कार मानिसको लागि हानिकारक हुने हुनाले यस्ता हानिकारक संस्कारलाई बदल्नुपर्ने भाव सम्प्रेषण गर्नु आदि विषयहरू लेखकको लेखनशैलीमा अभिव्यक्त भएको पाउन सकिन्छ ।

    प्रगतिशील तथा प्रगतिवादी विचार नै उहाँको लेखनशैलीको मूल आधारको रूपमा स्थापित देखिन्छ । सामाजिक जीवनको यथार्थ चित्रण गर्नु, मानिसमा इमानदारिता, सत्य, न्याय, समानता र परिवर्तनको सन्देश प्रवाह लेखकको शैलीमा अभिव्यक्त भएको पाउन सकिन्छ । लेखकको यो शैलीले गर्दा यो कथाले पाठकको ध्यान आकर्षण गर्न सहयोग पुऱ्याएको छ । यो कथामा कथाकारले आधुनिक कथालेखन शैलीलाई आत्मसात गरेका छन् ।

    कथाको विशेषता र कमजोरी

    विशेषता

    यस कथामा कथाको विषयवस्तु, शीर्षकको चयन, पात्र चयन आदि विषयमा विशेष ध्यान पुऱ्याइएको छ । मगर जनजातिको पहिचान र संस्कार झल्किनु, श्रमजीवी वर्गको अवस्था र मनोदशालाई उजागर गर्नु, कोरोनाजस्तो महामारीको बेलामा आम सर्वसाधारणले भोग्नुपर्ने सङ्कटलाई प्रतिबिम्बित गर्नु, सङ्कटका बेला आफ्ना नागरिकलाई सहज सुविधा प्रदान गर्ने र सङ्कट व्यवस्थापन गर्ने कार्यमा राज्य असक्षम भएको खुलासा गर्नु आदि यस कथाका विशेषता रहेका छन् ।

    कमजोरी

    मूल विषयलाई छाडेर सहायक विषयतर्फ लेखकको बढी ध्यान केन्द्रित हुनु यस कथाको मुख्य कमजोरी रहेको छ । पुरानो घटनाको स्मरण र रेलयात्राको वर्णनमा कथाकारले अधिकांश समय व्यतित गर्नु यो कथाको दुर्बल पक्ष हो । कथाको प्रधान विषय कोरोनासँग सम्बन्धित भएकाले यससँग सम्बन्धित विषयवस्तुको कथानक परिवेशलाई नै बढी गहिराइमा पुऱ्याउन सकेको भए यो कथा थप सुन्दर बन्न सक्दथ्यो । कोरोनाको बहानामा भारत सरकारलगायत अन्य कैयौँ देशले हजारौँ नेपाली मजदुरलाई अन्यायपूर्ण तरिकाले नेपालतर्फ लखेटेको, हुलका हुल मजदुरहरू भोकैप्यासै कैयौँ दिन पैदल हिँडेर आफ्नो देशतर्फ फर्केको, क्वारेन्टाइनमा असुरक्षित रूपले सयौँको सङ्ख्यामा मानिसलाई बन्दीजस्तै बनेर बस्नुपरेको, लकडाउनले समाज अस्तव्यस्त बनेको, कैयौँ दर्दनाक र हृदयविदारक परिघटनालाई समेटेर कथानक विषयवस्तुलाई अगाडि बढाउन सकेको भए यो कथा धेरै नै राम्रो बन्न सक्ने थियो ।

    त्यसैगरी, काेरोनाको नाममा भएको भ्रष्टाचार, कालोबजारी, कृत्रिम अभावजस्ता अपराधलाई पनि कथामा प्रतिबिम्बित गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो । कथामा द्वन्द्व, हास्य र करुण रसलाई अझै बढी कलात्मक बनाउन सकेको भए कथा थप रोचक बन्न सक्दथ्यो ।

    निष्कर्ष

    समग्रमा “प्रवेश निषेध” कथाभित्र केही कमजोरी रहेता पनि यो कथा सामयिक विषयवस्तुमा आधारित एक प्रभावशाली रचना हो । कथाले पाठकलाई सुरुदेखि नै अनौठो कौतुहलतामा डाेऱ्याउँदै लैजान्छ र अन्त्यमा मूल विषयवस्तुमा पुऱ्याएर झल्याँस्स बनाउँछ । “प्रवेश निषेध” कथामा कथाकारले प्रयोग गरेको यो कलाले नै पाठकलाई कथा अध्ययनमा उत्सुकताका साथ विचरण गराउन सफल भएको छ ।

    यो कथाको अध्ययनले पाठकलाई मगर जनजातिको पहिचानबोध गराउँछ । कोरोना महामारीको परिघटना सम्झाउँछ । सङ्कटका बेला आफ्ना नागरिकप्रति राज्यले गर्ने लापरवाही र अपरिपक्वताबारे पाठकलाई सचेत बनाउँछ । यी विषयवस्तुबाट पाठकलाई पर्याप्त लाभ पुग्ने भएकाले इच्छुक पाठक वर्गले यो कथा पढ्नुपर्छ । यो कथाको वाचन रेकर्ड गरेर अडियो कथाको रूपमा अर्थात् अडियो बुकको रूपमा पनि प्रस्तुत गरेर स्रोता तथा पाठकको पहुँचमा पुऱ्याउन सकिन्छ ।

    शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.