• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

समानताको लडाइँ महिलापुरुष दुवैले लड्नुपर्दछ : पौडेल


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले समानताको लडाइँ महिलापुरुष दुवैले मिलेर लड्नुपर्ने बताउनुभएको छ ।

    जापान नेपाली एकता समाजद्वारा एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो आवश्यकतामा जोड दिनुभएको हो ।

    उपाध्यक्ष पौडेल २०८१ फागुन २४ गते (मार्च ८, २०२५) साँझ भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

    ‘समाजका महिला र पुरुषको सम्बन्ध भनेको एउटा सवारीसाधनको दुई चक्काजस्तै हो’ उहाँले भन्नुभयो– ‘त्यसैले समानताको यो लडाइँ दुवैले मिलेर लड्नुपर्छ ।’

    उहाँले समाजमा महिलालाई महिला भएर मात्रै होइन, मान्छे भएर बाँच्न पाउने अधिकार हुनुपर्ने बताउनुभयो ।

    ‘समानताका प्र्रत्येक आन्दोलनमा हामीले पुरुषसँगै मिलेर थुप्रै सङ्घर्ष गरेका छौँ । त्यसैले त्यसको प्रतिफल महिलाले पनि पाउनुपर्दछ’ उहाँको भनाइ थियो ।

    हिजोको व्यवस्था र आजको अवस्था फरक भएको बताउँदै उहाँले नारीहरूले हिजोको सतीप्रथाजस्तो प्रथा समाप्त पारे भने अब अझै नयाँ अधिकारका निमित्त एकजुट हुनुपर्ने बताउननुभयो ।

    देशमा हिजो राजतन्त्र हुँदा महिलालाई मान्छेको रूपमा नगनिने अवस्था रहेको स्मरण गर्दै उहाँले फेरि त्यही व्यवस्था फर्काउन एउटा शक्ति लागेकाले त्यो आन्दोलनमा महिलाहरू पनि जोडिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले नेपालका देशका युवाविद्यार्थी विदेशतर्फ होइन, देशमै बस्नुपर्नेमा जोड दिनुभयो ।

    ‘विदेशीहरू नेपालमा के छ भनेर खोज्दै आउने गर्छन् भने हामी किन विदेश जाने ?’ उहाँको प्रश्न थियो ।

    विदेशमा बस्ने नेपालीहरू अन्तिममा देशमै फर्किनुपर्छ भन्ने उदाहरण अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति भएपछि विभिन्न बहानामा विदेशी नागरिकलाई फिर्ता पठाइएकोबाट पुष्टि भएको उहाँको भनाइ थियो ।

    ‘त्यसैले देशको माया नमारौँ, स्वदेशमा रहँदै सङ्घर्ष गरौँ’ पौडेलले भन्नुभयो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, जापान नेपाली एकता समाजका कावा अध्यक्ष दण्ड केसी र कतार महिला विभागकी संयोजक जमुना बस्नेतले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा एकता समाजका महासचिव तेजेन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियान जापानका अध्यक्ष टिका केसी, एकता समाज खानसाई क्षेत्रीय समितिका अध्यक्ष गोपालकृष्ण सापकोटा, कान्तो क्षेत्रीय समितिका अध्यक्ष नारायण कँडेल, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली र युएई नेपाली एकता समाजका कृष्ण भुसालको आतिथ्य रहेको थियो ।

    रेणु गुरुङको अध्यक्षता तथा सुमित्रा गौतमको सञ्चालन रहेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई जमुना लामिछाने सापकोटाले स्वागत गर्नुभएको थियो ।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.