खिमराज चालिसे, जनकराज पौडेल र धनराज शर्मा, भारत ।
भारतका विभिन्न सहरमा एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा २०८१ फागुन २४ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
चन्डिगढ ।
चन्डिगढमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यबद्धता कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खड्का र खिमराज चालिसे, परिषद् सदस्य थमन थापा, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव तेजबहादुर रोका, क्षेत्रीय सदस्य एवम् महिला क्षेत्रीय सदस्य जुना चालिसे, महिला क्षेत्रीय सदस्य सीमा खडका, नगर अध्यक्ष मानबहादुर केसी, अखिल भारत नेपाली विधार्थी सङ्घ केन्द्रीय सदस्य नारायण आचार्य, विद्यार्थी सङ्घ चन्डिगढका सुरज चालिसे, समता विभागका दुर्गा विक, रक्तिम विभागका अर्जुन विक, मोनिका शर्मा, लक्ष्मी अधिकारी, विष्णु अर्याल, माया नेपालीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम जमुना खनालको सञ्चालन, जीवा गुरुङको अध्यक्षता तथा मधु सुवेदी र स्थानीय कलाकारको स्वागतसँगै सम्पन्न भएको थियो ।
श्रीगङ्गानगर
श्रीगङ्गानगरमा आयोजित सभालाई मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसी, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य गिरु न्यौपाने, हुमबहादुर विक, बोमबहादुर विष्ट, बागमती केसी, जागेश्वर न्पौपाने, कृष्णा नेपाली, आरती नेपाली, शिवा नेपाली, प्रेम विक, विष्णु न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम बसन्ता नेपालीको अन्यक्षता, रेशम भण्डारीको सञ्चालन र कमला खड्काको स्वागतसँगै सम्पन्न भएको थियो ।
सङ्गरुर
सङ्गरुरमा नगर समिति र महिला विभागको आयोजनामा श्रमिक महिला दिवस सम्पन्न भएको छ । कार्यक्रममा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोख्रेलको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

रामप्रमाद खनालको सञ्चालनमा तथा लक्ष्मी विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुणनिधि आचार्य, रामजी भुसाल, धनबहादुर विक, हेमन्त मरासेनी, थम्मनबहादुर खड्का, बाबुराम परियार, सागर आचार्य, सरिता भुसाल, अमृता खनाल, शिला खनाल, लक्ष्मी परियार, सरिता शर्मा, रुमा भुसाल, पवित्रा बस्याल, कृष्णा बस्याल, भिमा थापा, शान्ता बोहोरा, सम्झना विक, प्रमिला थापालगायतको सहभागिता थियो ।
बठिन्डा
बठिन्डाको श्रमिक महिला दिवस तथा सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यबद्धता सभा केन्द्रीय सदस्य नरबहादुर ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

समारोहलाई नगर सचिव गिरीबहादुर मगर, महिला सदस्य लीलादेवी, खुमा पुलामीमगर, देवकी राना, पूर्ण बराईलगायतले सम्बोधन गर्नुभएको थियो ।
सङ्गीता नेपालीको अध्यक्षतामा तथा नारायण केसीको सञ्चालन रहेको सो कार्यक्रममा माया ओलीले स्वागत गर्नुभएको थियो ।
पान्डिचेरी
पान्डिचेरीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम जमुना शर्माको अध्यक्षता तथा विष्णुकुमारी शर्माको सञ्चालन सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य भगवती कुँवर, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, समता क्षेत्रीय विभागका गमबहादुर विकको आतिथय रहेको थियो ।
नगर सदस्य सरस्वती गायकले शब्दद्वारा र कलाकारद्वारा गीतसङ्गीतबाट स्वागत गरिएको थियो ।
महिला विभागको भेला पनि
यसै सन्दर्भमा पान्डिचेरी नगर महिला विभागको तेस्रो भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन केन्द्रीय सदस्य भगवती कुँवरले द्वीप ज्वलन गरेर गरिएको थियो ।
भेलाले जमुना शर्मा संयोजक रहनुभएको १९ सदस्यीय नगर महिला विभाग गठन गरेको छ ।
विभागको सदस्यमा विष्णुकुमारी शर्मा, भगवती कुँवर, सरस्वती गायक, शीतल गायक, सम्झना गायक, तुलसी गायक, लक्ष्मी गायक, सबिता विक, सबिना आचार्य, मुना दर्लामी, माया गायक, अनु जिसी, उमा केसी, सञ्जु पौडेल, रेखा गायक, हीरादेवी शर्मा, हीरा क्षेत्री र पवित्रा शर्मा रहनुभएको छ ।
समितिलाई जनकराज पौडेल, चन्द्रकान्त शर्मा, गमबहादुर विक, शिव गायक, भद्रबहदुर जिसी र बलबहादुर केसीले बधाई दिनुभएको थियो ।
अम्बाला
अम्बालामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सदस्य अन्जु सुवेदीको आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा क्षेत्रीय सदस्य लक्ष्मण अर्याल, अम्बला नगर समितिका बलबहादुर र महिला संयोजक रेश्मा केसीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम रिखिदेवीको अध्यक्षता तथा प्रेम रसालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कोट्टयाम
कोट्टयाममा मूल प्रवाहको नगर समिति र नगर महिला विभागको आयोजनामा श्रमिक महिला दिवस तथा सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनप्रतिको ऐक्यबद्वता सभा सम्पन्न भएको छ ।

सम्झना श्रीसथापाको अध्यक्षता तथा कुमारी थापाको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष भद्रबहादुर थापा, क्षेत्रीय सदस्य धनकुमारी केसी, क्षेत्रीय सदस्य मनोज जिसी, क्षेत्रीय महिला विभागकी सदस्य खिरमाया थापा, नगर सदस्य एकराज पौडेलको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सुनिता चालिसेले स्वागत गर्नुभएको थियो ।
जङ्गबहादुर थापा, गणेश परियार, तारादेवी पुन, डिलबहादुर राना, सरिता नेपाली, सञ्जय जिसी, कल्पना नेपाली, गीता विष्ट, कौसिलादेवी परियार, लक्ष्मी पौडेल र जमुना पौडेलले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।