• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कहीँ रोगले कहीँ भोकले नेपालीको मृत्यु, मृत्यु पछि कोरोना परीक्षण


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुर तथा धनुषामा गरी पाँच जना नेपालीको मृत्यु भएको छ । तर, उनीहरुको मृत्यु के कारणले भयो भन्ने यकिन हुन सकेको छैन । यसअघि नेपालमा कोरोना संक्रमणका कारण चार जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । ति मध्ये तीन जनाको मृत्यु पछि मात्रै कोरोनाको रिपोर्ट आएको थियो ।

    Advertisement

    मंगलबार राति र बुधबार बिहान मृत्यु भएका पाँच जनामा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्न लागिएको सम्बन्धित क्षेत्रका प्रशासनले जानकारी दिएका छन् ।

    बर्दियामा क्वारेन्टिनमा मृत्यु
    बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका गुलरिया नगरपालिका–९ का ५५ वर्षीय व्यक्तिको मंगलबार राति मृत्यु भएको छ । स्वास्थ्य अधिकृत सुनिल पाण्डेका अनुसार उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याइएको छ भने स्वाब निकालेर प्रयोगशालामा पठाउने तयारी गरिएको छ । ती व्यक्तिको मृत्यु भएलगत्तै उनी क्वारेन्टिन बसेको बबई क्याम्पस सिल गरिएको छ।

    उनीसहित अछाममा मजदुरी गरी फर्केका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । तीमध्ये उनीसहित १४ जनालाई बबई क्याम्पसको क्वारेन्टिनमा राखिएको हो भने बाँकी ४ जनालाई भने आधारभूत विद्यालय खैरीको क्वारेन्टिनमा राखिएको छ।

    भारतबाट आइरहेका एक युवकको धनुषा नाकामा मृत्यु
    यता, भारतबाट आउादै गर्दा धनुषास्थित जटही नाकामा उक युवकको मृत्यु भएको छ । भातरबाट ट्रकमा ल्याएर सीमासम्म छाडिएका ती युवक धनुषाकै सहिद नगरपालिकाका हुन् । उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको त्यहाँ आइपुगेको नेपालीले बताएका छन्।

    बुधबार बिहान चाउचाउ र चिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासि ती युवकको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । ती युवकको शव अहिले नाकामै छ। उनको स्वाब लिएरकोरोना परीक्षणका लागि जनकपुरस्थित प्रयोगशाला पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

    भारतमा मजदुरी गर्ने उनी ६ दिनदेखि भोको भएको र सोही कारण उनको मृत्यु भएको उनीसँगै आएका नेपालीले दाबी गरेका छन् । उनीहरुले केहीबेर स्थानीय प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

    सुर्खेतमा पनि भारतबाट फर्किँदै गर्दा मृत्यु
    यस्तै, भारतको गुजरातबाट सुर्खेतको वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ । सुर्खेतको चिंगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।

    मंगलबार नेपालगञ्जबाट चिंगाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो ।

    अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो ।‘राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ’, डा पौडेलले भन्नुभयो ।

    अस्पतालका निर्देशक डा. डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब संकलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

    यस्तै, कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसनमा भर्ना गरिएका गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको पनि कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

    यता, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएको छ । हृदयाघातका कारण वडाध्यक्ष रानाको निधन भएको जनाइएको छ । उनको पनि कोरोना संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा स्वाव परीक्षणका लागि पठाइएको छ ।

    बागलुङमा ६ जनामा संक्रमण
    बागलुङमा एकैचोटी ६ जनामा कोरोना संक्रमण देखिएको छ । बागलुङको तमानखोलाका ४ र बडीगाडका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ। बडीगाडका संक्रमित १९ र २० वर्षीय पुरुष र २१, २७, २१, २७ वर्षीय पुरुष छन् ।

    संक्रमितहरु हालैमात्र भारतबाट आएका हुन् । उनीहरु गाउँकै क्वारेन्टिनमा थिए । यसअघि बागलुङमा दुई जना संक्रमित निको भएर घर फर्केका थिए ।

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.