• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

त्यो कोत्रेखोला, यो कोत्रेखोला


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    कुनै बेला थियो, कोत्रेखोलालाई लाग्थ्यो, मसँग पनि धेरै आफन्त छन् । दिनमा रमाउँदै बाटो काट्नेहरू राति डराउँदै दगुर्थे । शुक्र उदाउँदा कान्छा बा परालको भारी बिसाउन उसकै काखमा आइपुग्थे । उसै गरी माथिबाट जेठा बा पिठोसामल बोकेर चिरबिरेको चौपारी छोडेर पसिना सुकाउन त्यही आउँथे। दुवै जना खोलाको पानी खाएर बिडी सल्काउँदासम्म कैयौँ गाउँले कोत्रेखोला काटेर कोही बेसीतिर, कोही भिराखर्रेको उकालो काटिसकेका हुन्थे । कोही कोही अल्छी चितुवाबाहेक सबै वन्यजन्तुले बाटो छोडदिसकेका हुन्थे । रुखरुखमै डुल्ने बाँदर भने पधेराडाँडासम्मै साथ दिन्थे ।

    मक्ख थियो, मस्त थियो कोत्रेखोला । बिहानभरि घरबेसी गर्नेको लर्को केही समयपछि स्कुलको लर्को दिनभरि घसारेर गोठालाको मस्ती । स्कुलको खाजा लुकाउने ठाउँ । गोठालाको मन बुझाउने ठाउँ । गाउँलेको भारी बिसाउने र तिर्खा मेटाउने ठाउँ । सबैको आफ्नो थियो कोत्रेखोला ।

    गाउँलेका दुःखका वेदना सुनेको थियो । कतिका खुसी सुनेको थियो । भरियाका पसिना सुकाएको थियो । मुरीका भारी बोक्न पाएर गदगद गाउँलेहरू आफ्नै भारी देखेर एकलै मुस्कुराएको देखेको थियो । त्यही भारीमा परिवारको जीवन देख्नेहरू धेरै देखेको थियो । लाहुरेका गाथा सुनेर लाहुर जानेको थियो । पैसाको लागि भारी बोक्ने भरियाको पीडा देखेको थियो । धेरै कुराको साक्षी बसेको कोत्रेखोला । सकुलेको चिरबिर देखेर भविष्य नियालेको थियो । कुनै न कुनै रूपमा सबैसँग साइनो जोडिराख्ने सपना देखेको थियो । आफूलाई कुनै स्वर्गभन्दा कम मान्दैनथ्यो कोत्रेखोलाले ।

    बेला यस्तो आयो, जेठा बा र कान्छा बा अब शुक्र उदाउँदा कोत्रेखोला आउन नसक्ने भए । दिनमै पनि जति सक्यो, चाँडै उज्यालामै कोत्रेखोला कटिसक्नुपर्छ भनेर स्वाँ स्वाँ गर्दै दगुर्न थाले । अब कोत्रेखोलाको परिचय पनि बदलिन थाल्यो ।

    अब रातिको साथी कोत्रेखोलाको अरू कोही बन्न थाले। दिनभरि छेउ लाएर सुत्थे, रातभरि हिँड्थे । बन्दुक पड्काउथे । मर्ने र मार्नेका मात्र कुरा हुन्थे । कोत्रेखोला प्रत्यक्ष सखी हुन्थ्यो । कोत्रेखोलाले साहस बोकेको थियो । ती बमका झिल्कामा परिवर्तनको बिउ देख्न थालेको थियो । त्यसैले बुट, बम, बन्दुक र बारुद बोकेर आउनेलाई पनि न्यानो आतिथ्य प्रदान गरेको थियो । त्यो देखेर पुन्थोक र हाँडीफान डराउँथे । गाउँ थर्थराएको थियो ।

    गाउँ दुई भागमा बाँडिन थालेका थिए । कोही शोषक भएका थिए, कोही शोषित । कोत्रेखोला सोचमग्न भएको थियो । उसलाई लाग्छ, कोत्रेखोलामा भारी नबिसाएको त्यो गाउँको मान्छे को थियो होला र ? सबै उस्तै थिए, सबैले उत्तिकै दुःख गरेका थिए । सबैको बाँच्ने आधार एउटै थियो । फरक यत्ति थियो । कोही कोत्रेखोलामा धान रोप्थे, कोही झिम्रुक खोलामा । कसैका परालका भारी धेरै हुन्थे, कसैका थोरै ।

    त्यति धेरै जमिनदार पनि कोही थिएनन् र जमिन नै नहुने पनि कोही थिएन तर पनि समाज दुई भागमा बाँडिन थालेको थियो । अब कोत्रेखोलामा फौजी परेड खेल्न थालेका थिए । शोषितको भागमा परेकालाई कता कता लाग्न थालेको थियो, अब हाम्रो पनि झिम्रुकमै खेत हुनेछ । अझ बढी समानता आउने छ । अब उनीहरूको मौन समर्थन हुन थालेको थियो । कोत्रे खोला र उनीहरू अब एउटै कित्तामा पुगेका थिए ।

    अब लाहुरेको मात्र फौजी गाथा सुनेको कोत्रेखोलाले प्रत्यक्ष फौजी अनुभव गर्न थालेको थियो । अब गाउँका एक मानो खाना पुग्ने र आफूलाई गाउँको नेता मान्ने र बन्दुकको भन्दा फरक विचार राख्नेहरूले आफूलाई असुरक्षित मान्न थालेका थिए । पञ्चायत र प्रजातन्त्र दुवै देखेको कोत्रेखोला नयाँ विद्रोहको अनुभव सँगाल्दै थियो । त्यति बेला पनि कुरा यस्तै हुन्थे । राजाको सम्पत्ति खोस्नुपर्दछ । स्विटजरल्यान्डबाट फिर्ता ल्याउनु पर्छ । आजका बन्दुकधारीको कुरा पनि उस्तै थिए ।

    फौजी अब कोत्रेखोला छोडेर गाउँगाउँमा पनि पुग्न थालेको छ । जनकारवाहीको हल्ला देशव्यापी बढेको छ । तत्कालीन नेताहरू गाउँ छोड्न थालेका छन् । लडाइँ देशव्यापी बनेको छ । अब कोत्रेखोला शून्य हुन थालेको छ । अब कोत्रेखोला एक्लै पर्न थालेको छ । लडाइँ अब खोला छोडेर गाउँमा पुगेको छ । कहिलेकाँही बुट बजेको सुनिन्छ तर पनि एकान्त अब उसको साथी बनेको छ । फौजीले जगाएको ऊर्जा सकिँदै जान थालेको छ ।

    अब वन्यजन्तुको चहलपहल बढ्न थालेको छ। हिँजो स्कुल ड्रेसमा तलमाथि गर्नेहरू गाउँमै बस्न थालेका छन् । कोत्रेखोलामा खाजा लुकाउनेहरू पनि हराउन थालेका छन् । हुर्केका सबै विदेशतिर लागेका छन् ।

    लडाइँ उत्कर्षमा पुगेर वार्तामा टुङ्गिएको छ । गाउँमा केही उत्साह छाएको छ । कोत्रेखोलालाई लागेको छ, अब फेरि नयाँ लहर आउने छ । घरबेसी फेरि उस्तै हुनेछ । शून्यता हराउनेछ तर सबै कुरा उल्टो हुन थालेको छ ।

    आज धेरैपछि कान्छा बा र जेठा बा फेरि उसैगरी आएका छन् । कोत्रेखोलामा भारी बिसाएर गन्थन गर्न थालेका छन्– छोराहरू सहर पसे, कोही विदेश पनि पुगे । गुनासो गर्छन्– अब गाउँमा कोही रहेनन् । अब छोराहरूले सहरतिरै बस्ने जोहो गर्ने भएका छन् । कान्छाले भन्दैछ, विदेशको कमाइले सहरमै घडेरी किनेको छ । मैले यताबाट केही गर्न सकेदेखि उतै घर बनाउने भनेको छ ।

    कान्छा बा झस्किँंदै भन्छन्– हामीसँग के नै छ र दिनलाई । दाइ अब हाम्रो सम्पत्तिको के नै मूल्य छ र ? कोत्रेखोला यसै बाँझो भइसक्यो । यहाँ अब कसले खेती गर्छ र ? मैले त्यत्रो वर्ष लाहुर बसेर किनेको झिम्रुकको खेत अब किनिदिने कोही छैन । अब यत्तिकै गरिखाऊ भन्दा त हरियो बनाइदिने कोही छैन । हिजो खेदिएका अब फर्किएर कोही आउने छैनन् दाइ ।

    हामी सबै रूपले लुटिइसकेका छौँ दाइ । हाम्रा छोराछोरी हामीसँग खोसिएको छ । हाम्रो सम्पत्तिको मूल्य सकिएको छ । हामी गरिब भएका छौँ दाइ । अब हाम्रो सबै सम्पत्तिले तराईमा घडेरी आउने छैन । पहाड लुटिएको छ दाइ । तराई र मधेस मोटाएको छ । समानताको लडाइँले अझै बढी असमानता बढाएको छ । पहाड रित्तिएको छ । तराई भरिन थालेको छ । हाम्रा सम्पति मूल्यहीन भएका छन् । यो समानताको लडाइँ पहाड रित्याउने खेल बनेको छ । हाम्रो जीवनभरिको पसिना खेर गएको छ । हाम्रो सम्पत्ति मूल्यहीन भएको छ । हिजो झिम्रुकका खेत पनि सबैका हुन्छन् भन्ने सुनेको कोत्रेखोलाले आफू पनि ठगिएको महसुस गरेको छ । आज झिम्रुकका खेत झन् कसैका पनि नहुने भएका छन् ।

    जेठा बा र कान्छा बा पनि निराशाले भरिएका कुरा सुनाउँदै पसिना सुकाएर उकालो लागेका छन् । कोत्रेखोलालाई न्यास्रो लागेको छ ।

    कान्छा बालाई लागेको छ, हिँजोको सरकारले आफूलाई बहादुरको परिचय दियो । बलिको बोका बनाएर पठायो । रगतसँग साटेको पैसाले घरखेत जोडियो । अब बुढेसकालमा परिवारसँग रमाउँला, नातिनातिना खेलाउँला भन्ने कति मिठा सपना थिए ? अनौठो लाग्छ, समानताको लडाइँलें छोराछोरी खोसिदियो । पराइको जमिन जोगाउन बलिको बोका बनेका कान्छा बालाई देश जोगाउने सिपाही अब कोही नरहनेजस्तो लाग्यो । हाम्रै छोराछोरीको पसिनाले आफ्नो देश सिँगारेर हामीलाई नै ठग भन्दा मन चसक्क भयो ।

    फौजी हुँदै यस्ता धेरै भोगेको कान्छा बालाई लागेको थियो, हाम्रा छोराछोरीले यस्ता दासत्व स्वीकार्ने छैनन् । मैले जम्मा गरेको खेतबारीमा पसिना पोखेर सुन फलाउने छन् । भकारी सधैँभरि हुनेछन् । परालका माच अझ ठुला हुनेछन् । सबैले मिलेर बनाएका यी विद्यालयमा उफ्री उफ्री पढ्न जानेछन् । तिनी आउँदा र जाँदाबाटै रङ्गीन हुनेछ । पुतलीको रङ्गीबिरङ्गी हुलजस्तो हुनेछ ।

    बानी परेको यो बाटो कान्छा बाको खुट्टालाई त्यसै थाहा छ, कहा ढुङ्गा छ, कहाँ ठेस लाग्छ ? सबै बानी परेको छ तर पनि मनमा कुरा खेलाउँदै गर्दा आज अनायासै ठेस लागेको छ । कान्छा बालाई दुःख लागेको छ, अब खुट्टाले पनि धोका खान थाल्यो । यसो हेर्छन् । चिर्बिरेको चौपारी आइसकेछ ।

    जेठा बा भारी बिसाएर पसिना पुछ्दै थिए । कान्छा बा पनि भारी बिसाउँछन् । सुस्केरा हाल्दै भन्छन् । दाइ यसैगरी यो चौपारीमा सुस्केरा हाल्दै भारी बिसाउने हाम्रा छोराछोरी हुने छैनन । हाम्लेजस्तै जीवनभरिको कमाइले आफ्नै गाउँमा घरजम गर्ने उनीहरू हुने छैनन् । यहाँ भारी बिसाउने अन्तिम पुस्ता हामी नै हो ।

    पसिना पुछ्दै जेठा बा भन्छन्– के गर्छस् कान्छा, हाम्रा छोराछोरीलाई नै अर्काको बारी हरियो लागेपछि यस्तै हो । आफ्नो बारी बाँझो राखेर अर्काको हरियो बनाउनेको जमात बढेपछि हुने यस्तै हो । तैँलेमैले अब केही गर्न पनि सक्दैनौँ । नसक्नले चिन्ता गरेर पनि केही फाइदा छैन । सक्दासम्म यतै तलमाथि गरौँ । नसक्दाको दिन भगवानले एउटा बाटो लाउँछन् । बाउआमाले दुःख पाए भनेर यो पहाडमा आएर हाम्रा छोराछोरी पक्कै आउने छैनन् । नातिनातिनाले चिनुन् पनि कसरी ? विदेशमै हुर्किए । नेपाली त बुझ्न सक्छन् कि सक्दैनन् ?

    जेठा बा र कान्छा बा चिर्बिरेकोको चौपारीमा बिसाएको भारी बोकेर उकालो लाग्छन् । अहिलेसम्म साथ दिएकोमा चौपारीलाई धन्यवाद दिन्छन् । यही चौपारीमा भारी बिसाउने कति कहाँ पुगे ? कैयौँ पुस्ता उमेरसँगै अस्ताए ।

    यसो हेर्छन्, चौपारीको केही गुनासो छैन । जस्ता आउँछन्, जसरी आउँछन्, सबैलाई उसै प्रकारको आतिथ्य प्रदान गरेको छ । कान्छा बालाई मनमन चौपारीलाई सलाम गर्न मन लाग्छ । सोध्न मन लाग्छ, कसरी तिमी यति धेरै समानताको आदर्श बन्न सकेको भनेर । हेर्छन्, चौपारी मौन छ । पसिना पुछ्दै उसको मौनतालाई सलाम गर्छन् ।

    बाटो ठाडै उकालो छ । भिराखर्रेकोको उकालो घाम निधारमै परेको छ । छाती फुलेको छ । स्वाँ स्वाँ बढेको छ । दुवै जना थाप्लोमा पुगेका छन् । यहाँ पनि जेठासँग लामै चिनजान भएको चाक्लो ढुङ्गा छ । दुवै जनाले भारी बिसाउँछन् । जेठा बा वनतिर हेर्छन् ।

    गाजले र लाले अघिअघि पछिपछि कालु गाई र बाछो जुरो हल्लाउँदै आएजस्तो लाग्छ । यत्तिकैमा पसिना पुछ्दै कान्छा बाले दाइ भन्दै बोलाउँछन् । जेठा बा झस्कन्छन् । त्यो वनसँगको दोस्ती सम्झिन्छन् । त्यो वनले लगाएको गुन सम्झिन्छन् । यो वनले जेठा बाका गोरुगाई मात्र हैन, जेठा बालाई पनि चराएको थियो । केटाकेटी पाल्न सघाएको थियो ।

    अब यहाँ कसैका वस्तुभाउ आउँदैनन् । कोही घसार आउँदैनन् । वनै घन्काउने गरी बाँसुरी बजाउने घर्ती काहिला आउँदैनन् । पात बजाएर मनको बह पोख्ने गैराकी भाउजू आउँदिनन् । गाउँमा कसैका वस्तुभाउ छैनन् । अब काहिल दाइ र गैरा भाउजू आउन सक्दिनन् । जवान गाउँमा कोही बस्दैनन् । जङ्गल अब वन्यजन्तुकै भएको छ । वन्यजन्तुकै प्रजातन्त्र चलेको छ । अब कसैले हस्तक्षेप गर्दैन । वन हराभरा भएको छ । राते, बँदेल अब बाटोमै भेटिन थालेका छन् । वन पस्नु पनि डरलाग्दो भएको छ ।

    यत्तिकैमा कान्छा बाले दाइ, अब त समानताको लडाइँ सकिएर देशमा गणतन्त्र आइसक्यो, समानता कतै देखिँदैन । हिजो गरिब भनिएका दुईचार जना नेता र कर्मचारी, दुई चार जना व्यापारी खुबै धनी भएका छन् अरे झ् एक दुई जना त यही कोत्रेखोलामा बन्दुक पड्काउने पनि खुबै धनी भएका छन् अरे ! सहरमै घरगाडी के के छन् अरे ! समानताको लडाइँ त तिनै धनी हुन रै’छ जस्तो छ । अस्ति कान्छाले भन्थ्यो– यो समानताको लडाइँले त झनै असमानता पो ल्याएको छ रे त झ् यो त गाउँमा मात्रै हैन रहेछ, सहरमा, मधेसमा जताततै यस्तै छ रे त झ् गरिब झन् गरिब, धनी कति हो कति धनी । यो गणतन्त्र झनै खराब हो कि के हो ?

    मौन बसेका जेठा बाको मौनता भङ्ग हुन्छ । पुराना कुरामा रमाएका जेठा बा कान्छा बातिर फर्किन्छन् । दुई भाइका कुरा फेरि सुरु हुन्छ ।
    कर्मको रुखले फिरफिर हावा दुई भाइसम्मै पुर्याइदिन्छ । शीतल भए झैँ हुन्छ । जेठा बाले भन्छन्– कान्छा व्यवस्था आफैमा दोषी पक्कै होइन । यही जङ्गललाई हेर्न मान्छे, गाई वस्तु आउन छाडेपछि आफ्नै बलबुतामा कसरी झ्याङ्गिएको छ । हिजो हाम्ले गाई चराउँदा यहाँ हरियो भेटाउन मुस्किल पर्थ्यो । राते घोरलका कुरा छोड्, बाँदर पनि बस्दैनथे । केही नपाएर घरघर पुग्थे । अहिले बाटोमै राते भेटिन्छन् । बँदेलको बथानले बाटो काट्छन् । जङ्गल भरिएको छ । जङ्गलराज चलेको छ । यहाँको राजा यस्तो छ । आफूले अघाउनेभन्दा मार्दैन । मिर्ग पनि रमाएका छन् । घोरल पनि चरेकै छन् । कसैको बास खोसिएको छैन । कसैको गास खोसिएको छैन । सबै रमाएकै छन् । काँडाको माझमा पनि फूल फुलेकै छन् । फल पनि सबै फलेका छन् । वनतिर हेर त, हिँजोको वन र आजको वन झ !

    यही बेला कालिजको हुल बाटोमै आइपुग्छ । कान्छा बा मख्ख पर्छन् । उनलाई वन स्वर्गजस्तो लाग्दछ ।

    जेठा बा भन्छन्– हाम्रो देश पनि यस्तै हो । आफ्नै जुन दिन आफ्नै बलबुतामा उठ्ने कोसिस गर्नेछ, त्यही दिनदेखि गणतन्त्र सुन्दर देखिन थाल्नेछ । जुन दिन जनता कार्यकर्ताबाट स्वतन्त्र नागरिक हुनेछन्, त्यहीँबाट असल नेतृत्वको विकास हुनेछ । त्यो दिन आफ्नो मौलिकतामा रमाउने दिन हुनेछ । त्यहीँबाट अरूको भन्दा आफ्नै बारी हरियो देखिन थाल्नेछ । फेरि पुतलीको हुलजस्तै लाग्ने हाम्रै नातिनातिनाले बाटो सजिनेछ । स्कुल भरिनेछ ।

    दुई भाइका गफ चल्दै गर्दा घामले आफ्नो कर्म गरिरहन्छ । अघि निधारमै ठोकिने घाम डाँडामा पुगेको छ । अबेर भयो भन्दै दुई भाइ उकालो लाग्छन् ।

    केही बेरको हिँडाइपछि जेठा बाले भन्छन्– देखिस् कान्छा, केही छिन रोकिए पनि हिँड्न छोड्नु हुँदैन, एक छिनमै हामी पँधेरा आइपुग्यौँ ।
    यो सबैको पुरानो पँधेरो हो । यसको पनि आफ्नै गुनासो छ । कुनै बेला यस्तो थियो । शुक्र उदाएसँगै लाग्ने पँधेरोको लाइन तारा लागुन्जेलसम्म हुन्थ्यो । कैयौँ जोडीको गफिने ठाउँ यही थियो । गाउँभरिको सूचनाको केन्द्र पनि यही हुन्थ्यो । गाउभरीको समाचार यही पँधेरोलेले बाँड्ने गर्थ्यो । सबैको जीवनको आधार एउटा मात्र पिउने पानीको स्रोत यही थियो । गोठालादेखि घसारे र गाईवस्तुसम्मको पिउने पानी यही हुने गर्दथ्यो । आज पनि जेठा बाले यही पानीले गला भिजाउँछन् ।

    त्यहीँ छेउमा बसेर गफ गर्न सुरु गर्छन्– अघि तैँले भन्दैथिस् नि कान्छा, भर्खरै भारतमा पढ्ने हाम्रै एक छोरी मरिन् । मरेकी हुन् कि मारिएकी हुन् ? साथीले न्याय पाउनुपर्छ भन्दै उनका साथीहरूले केही ठुलो स्वर गरे अनि के भयो ? थाहा पाइस् ? हाम्रै छोराछोरीलाई अपशब्द बोल्दै स्टेसन पुऱ्याएर छोडेछन् । अझ हाम्रो देशलाई नै होच्याउँदै गरिब भिकारी भन्न भ्याए । उनीहरूको हामीप्रतिको बुझाइ यही हो ।

    हो दाइ, हिँजो फौजमा हुँदा मैले पनि नभोगेको हैन । उनीहरू हामीलाई यही रूपमा बुझ्छन् दाइ ।

    उनीहरूको बुझाइ यस्तो यत्तिकै बनेको होइन । हाम्रो नेतृत्वको अकर्मण्यता र लम्पसारवादी चरित्रको परिणाम हो । आफ्नो खेतमा आली लाउने जाँगर छैन, अरूको बारी हरियो देखेर हुन्छ ? सधैँ अरूसँग मागेर चुल्हो बल्छ । सुनिस् कि नाइँ ? अस्ति एउटाले त ठगहरूको देश पनि भनिदियो । हातखुट्टामा सिक्री लगाएर देशनिकाला गरिदियो । गैरकानुनी आप्रवासी रे झ् त्यही बस्ने अर्की बहिनी हाँस्दै थिइन् । हिँजो सिक्री लाएर पठाएको आज त अमेरिका आइसक्यो रे झ् उनलाई बडो हाँसो उठेको थियो । उनले एकछिन सायद बिर्सिएकी थिइन् । म पनि अर्कैको बारीमा चर्न आएकी छु ।

    जेठा बाको ध्यान आफूतिर तान्दै भन्छन्– हेर कान्छा हाम्रो देश भूगोलमा केही सानो छ । यहाँ आफ्नै प्रकारका भूराजनीतिक दाउपेच छन् । पृथ्वीनारायणले त्यसै भनेका होइनन्, दुई ढुङ्गामाझको तरुल भनेर तर पनि हामीसँग प्रकृतिले नै उपहारमा दिएका थुप्रै कुरा छन् । प्रशस्त खेतीयोग्य जमिन छ । जल छ । जङ्गल छ । खेती मात्रै गरे पनि यहाँ कोही भोकै मर्नुपर्दैन । कस्तुरीले आफैलाई नचिनेजस्तो भएको छ ।

    हाम्रो राजनीति मौलिक भएन । हाम्रो नेतृत्व अहिले क्यारमबोर्डको गोटीजस्तो भयो । सबैले आफ्नै तरिकाले ठोक्ने । यही गोटी बन्नुको परिणाम हो यो । आफू र आफ्नोमाथि विश्वास नहुनुको परिणाम हो । यहाँ कसैसँग देश बनाउने खाका छैन । समस्या पहिचान र समाधानको स्पष्ट खाका कसैसँग छैन । एकले अर्कोलाई खुइल्याउनु यहाँको राजनीति हो । स्पस्ट खाका लिएर मञ्चमा कोही उक्लिदैन । थुकका छिटा परपर पुग्ने गरी चिच्याउँछ । एक घण्टा चिच्याउँछ तर मात्र अर्कोलाई पाँडेगाली गरेर, दोषजति अर्को माथि थुपारेर मञ्चबाट उत्रिन्छ । हामीले गर्न सकेनौँ भन्दैन, उसले गरेन भन्छ ।

    व्यवस्थाले गर्न दिएन भने जनताले व्यवस्था बदलिदिए । राजाले गर्न दिएन भने जनताले राजसंस्था नै हटाइदिए । अब काङ्ग्रेस भन्छ, कम्युनिस्टले गर्न दिएन । रास्वपा भन्छ, केपीले गर्न दिएनन् । प्रचण्ड भन्छन्, केपी ले गर्न दिएनन् । यी सबैलाई जनताले पटक पटक सत्तामा पुऱ्याए । सत्तामा छउन्जेल केही गर्दैनन्, कुर्सी खोसिएपछि चिच्याउँछन् । भन्छन्– फलानाले दिएन । गर्न नसकेको पीडा होइन, कुर्सी खोसिएको पीडामा विभिन्न धम्की दिन्छन् ।

    यिनलाई लाज लाग्दैन । हिँजो मात्र कुर्सीबाट ओर्लिएको मन्त्री आज सदनमा चिच्याउँछ, स्वास्थ्यमा के भयो ? शिक्षामा किन भएन ? उसले जवाफ दिनुपर्दैन । हिजो ऊ शिक्षामन्त्री हुँदा किन भएन । ऊ गृहमन्त्री हुँदा किन भएन ?

    कान्छा बा लट्ठ परेका छन् । बाँसको पातको फिरफिर आवाज, सिरसिर गर्दै कपाल मुसारेर जाने त्यो हावा, जेठा बाका चाखलाग्दा कुरा एकोहोरो सुनिरहन्छन् । यस्तै हो कान्छा, जति बुझे पनि नबुझेजस्तो गर्ने, अब त सबैलाई बानी परिसकेको छ । चुनाव आउँछ, पार्टीले पनि आफ्नै झोलेलाई टिकट दिएर पठाउँछ । जमातले पनि कुनै एउटा झोलेलाई त भोट दिनैपऱ्यो भन्छन् । फेरि झोलेकै राज चल्छ । उही प्रक्रियाको निरन्तरता मात्र हो ।

    कान्छा बा भन्छन्– खोई दाइ, भिराखर्रेको वनजस्तै हाम्रो देशको अर्थतन्त्रमा हरियाली कहिले छाउला ? हरियो देखेर हाम्रा सन्तान फर्किने दिन आउला ? दुवैले सुस्केरा हाल्छन् । घाम पनि डुब्नै थाल्छन् । दुवै जना भारी बोकेर उकालो लाग्छन् । एकले पिपलको छहारीमा पुग्छन् । बाटो पनि छुट्टिन्छ । कान्छा बा आफ्नो घरतिर लाग्छन् । जेठा बा आफ्नोतिर ।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.