खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको हिमाचल प्रदेशस्थित रिकाङपियोमा आयोजित छयहत्तरौँ गणतन्त्र दिवस समारोहमा रक्तिमको गीत “ल्याउनैपर्छ त्यो युग हाम्रो…’ घन्किएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सांस्कृतिक विभागले जनवरी २६, २०२५ आइतबारका दिन सो गीतमा सामूहिक नृत्य प्रस्तुत गरेको हो ।
गीतको हुकलाइन रहेको छ ?
“सधैँभरि दमनमा परी कति बस्नु तमासा हेरेर
ल्याउनैपर्छ त्यो युग हाम्रो दुष्टको यो संसारै फेरेर”
स्थानीय प्रशासनले अनुमति दिएपछि मूल प्रवाहका पाँच जना कलाकारले गीतसँगै नृत्य प्रस्तुत गरेका छन् ।
रक्तिम सांस्कृतिक अभियान जापानको पहिलो एल्बम “एउटै यात्रा” नामक प्रगतिशील गितमा रिकाङपिओका नेपाली कलाकारहरू सुनिता, त्रिसना, मेघा, नन्दिता र नैनाले सो नृत्य प्रस्तुति दिएका थिए ।
“एउटै यात्रा” गीतको रचनारसङ्गीत लीला परियारको, स्वर लीला परियार, नवीन बस्याल, टीका केसी र करिश्मा थापाको रहेको छ ।

एलबममा सङ्गीत संयोजन नारायण दङ्गालले गर्नुभएको थियो ।
समारोहमा मूल प्रवाह हिमाचल राज्य समितिका सहसचिव मिथुन सिंह, नगर अध्यक्ष गोपालजङ्ग शाही, उपाध्यक्ष निर्मल सिंह र नगरका नेताहरू तारा चन्द र रतनलगायत उपस्थित रहेको सो समारोहमा नेपाली सांस्कृतिक टिमलाई पुरस्कृतसमेत गरिएको थियो ।
