नवीन बस्याल, टोकियो ।
जापानमा सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारस्वरूप अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जापान नेपाली एकता समाजको आयोजनामा जनवरी २१, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
टोकियोस्थित मिताकामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दीपक थापा हुनुहुन्थ्यो ।
एकता समाजकी सल्लाहकार श्यामाकुमारी थापा विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रममा समाजका निवर्तमान उपाध्यक्ष भीम केसी, रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष सचित्र केसी, रक्तिम जापानका केन्द्रीय सचिव नारायण ज्ञवाली र महिला प्रतिनिधि जमुना सापकोटाको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागिता र आवश्यक सहयोगको बारेमा छलफल गरिएको थियो ।

एकता समाजका का.वा. अध्यक्ष डण्ड केसीको अध्यक्षता तथा वासु नेपालीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव धनराज गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम जापानले “मधेसी पहाडी” लगायतका गीतसङ्गीतबाट प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा पारिवारिक भ्रमणमा रहनुभएका राजमो बागलुङका कोषाध्यक्ष थापा र उहाँकी आमा श्यामाकुमारी थापालाई एकता समाजको तर्फबाट समाजका अध्यक्ष केसी र क्षेत्रीय समिति कान्तोका अध्यक्ष नारायण कँडेलद्वारा संयुक्त रूपमा प्रशंसापत्र दिई सम्मान गरिएको थियो ।


