खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको पन्जाब पटियालास्थित प्रोफेसर कलोनीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ११ सदस्यीय एरिया समिति गठन गरिएको छ ।
जनवरी १९, २०२५ आइतबारका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा प्रेम विक, उपाध्यक्षमा मनिराम जोशी, सचिवमा गुन्जमान विक, सहसचिवमा जितबहादुर विक र कोषाध्यक्षमा रमनसिंह विक रहनुभएको छ ।
त्यस्तै, सदस्यमा विजय विक, कृष्णकुमार विक, हिमबहादुर चन्द, मीना विक, मीन विक बी र एलिना विक रहनुभएको छ ।
भेलामा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष विष्णु भुसाल, उपाध्यक्ष नकुल मल्ल, कोषाध्यक्ष विष्णु रेग्मी, नगर सदस्य अर्जुन केसी, बैकल्पिक सदस्य सीताराम आरसी, नगर सदस्य हरि गौतम, समता विभागका शिवरथ सुनारलगायतको उपस्थितिमा रहेको थियो ।