• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन चार किसान संगठनको माग


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । देश कोरोना भाइरसको सङ्क्रमण तथा लकडाउनको चपेटा परिरहेकै बेला चार किसान सङ्गठनहरूले देशको राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन पनि त्यत्तिकै ध्याउन पु-याउन माग गरेका छन् । त्यसका लागि भारतीय हस्तक्षेपको विरोध र एमसिसीको अस्वीकृतिका साथै उनीहरूले कोरोना परीक्षणको दायरा व्यापक बनाउन, अलपत्र विदेशस्थित नेपाली नागरिकलाई तत्कालै स्वदेश ल्याउन, सुरक्षित कृषिजन्य वातावरण निर्माण गर्न, बेरोजगारलाई काम दिन तथा भ्रष्टाचार, कालोबजारी, तष्करी र मूल्यवृद्धि तत्कालै नियन्त्रण गर्न पनि माग गरेका छन् ।

    Advertisement

    २०७७ जेष्ठ ८ गते चार किसान सङ्गठनले प्रेसविज्ञप्ती जारी गर्दै सो धारणा व्यक्त गरेका हुन् । विज्ञप्तीमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।

    प्रेसविज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छ :
    “हामी देशका जिम्मेवार चार किसान सङ्गठनहरू अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ कोरोना भाइरसको झण्डै दुई महिनाको लामो लकडाउन र फैलिँदो कोरोना सङ्क्रमणको कारणले स्थिति अझै असामान्य र भयावह बन्दै गएकोप्रति हामी अत्यन्तै चिन्तित छौँ । यस क्रममा दुई जना पुरुष र एक महिलाको मृत्युसमेत भइसकेकोमा उनीहरूप्रति हामी श्रद्धाञ्जली दिन्छौँ र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

    फैलिँदो कोरोना भाइरसको यस स्थितिले सबैभन्दा बढी नेपाली श्रमजीवी जनता, किसान र श्रमिकहरूले अत्यन्तै ठुलो कठिनाइँको सामना गर्नुपरिरहेको र अझ बढी कठिनाइँमा पर्ने स्थिति छर्लङ्ग बन्दै गएको छ । किसान र मजदुर ‘भाइरस र भोक’ दुबैबाट कसरी जोगिने ? अत्यन्तै गम्भीर र टड्कारो प्रश्न देशको अगाडि खडा भएको छ । एकातिर, यस्तो भयावह स्थिति खडा भएको छ भने अर्कोतिर, बाह्य हस्तक्षेप, खासगरी भारतीय हस्तक्षेप पनि यसै बेला तीव्र बनेको छ ।

    कालापानी, लिम्पियाधुरा र लिपुलेकमा दशकौँदेखि आसन जमाएर नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा नाङ्गो हस्तक्षेप गरेर भारतले राखेको सैनिक अखडा र थप अहिले त्यहाँबाट तिब्बतको मानसरोवरसम्म पुग्ने बाटोसमेत बनाएर नेपाली भूमि हडप्ने कुरालाई जबर्जस्ती अघि बढाइरहेको सन्दर्भमा भारतसँग निर्णायक रूपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमिबाट भारतलाई फिर्ता पठाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर जुर्मुराउनुपर्ने स्थिति खडा भएको छ ।

    यसैबिच, नेपाल र नेपाली जनताको दीर्घकालीन हित विरोधी रणनीतिक महत्त्वको अमेरिकासँगको अत्यन्तै विवादास्पद एमसिसी सम्झौता संसदबाट पारित गर्ने खतरनाक स्थिति देखा परेको छ । हामी यस्ता हस्तक्षेपकारी र घातक बाह्य गतिविधिको तीव्र निन्दा र भत्र्सना गर्दछाँै र नेपाल र नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्दै कोरोना भाइरस र आसन्न भोकमरी तथा बेरोजगारीबाट नेपाली जनता खास गरी किसान र मजदुर वर्गलाई जोगाउन ‘देश जोगाऔँ किसान जोगाऔँ’ भन्ने नाराका साथ निम्नलिखित ठोस कदम प्रभावकारी रूपमा चाल्न जोड्दार माग गर्दछौँ :

    १. कोरोना भाइरसको फैलिँदो महामारीका बिच नेपालको स्वाधीनता, भूखण्डता र स्वतन्त्रमाथि हस्तक्षेप अझ बढ्न गएको सन्दर्भमा सम्पूर्ण स्वाधीनताप्रेमी नेपाली जनतालाई एकजुट पार्ने उपयुक्त राजनीतिक वातावरण बनाऊ र बिना भेदभाव र पूर्वाग्रह सम्पूर्ण राजनीतिक सङ्गठन तथा दल एकाकार भएर स्वाधीनता, सार्वभौमिक, अखण्डता र स्वतन्त्रताका निमित्त खडा हुन राज्यले आह्वान गरोस् भन्ने जोडदार माग गर्दछौँ ।

    २. अमेरिकासँगको अत्यन्तै विवादास्पद र राष्ट्रघाती एमसिसी सम्झौता रद्द गर र यसलाई संसदबाट पारित गरेर नेपाली जनता र राष्ट्रको भाग्य र भविष्यमाथि खेलबाट नगर्न सम्पूर्ण सांसद र सरकारसँग जोडदा माग गर्दछौँ ।

    ३. कोरोना भाइरसको फैलिँदो महामारीबाट सम्पूर्ण नेपाली जनतालाई जोगाउन सम्पूर्ण नागरिकलाई र खास गरी बढी प्रभावित जिल्ला र क्षेत्रका सम्पूर्ण नागरिकलाई तीव्र रूपमा पिसिआर टेस्ट गरी आवश्यक विधिअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राख्ने कार्यलाई व्यापकता र तिव्रता देऊ भन्ने पुनः जोडदार माग गर्दछौँ ।

    ४. भारत अन्य देशबाट आउने नेपाली श्रमिकलाई उपयुक्त व्यवस्था गरेर क्वारेन्टाइनमा राख्ने उनीहरूको स्वास्थ्यस्थितिअनुसार घर पठाउने वा आइसोलेसनमा राख्ने कुरालाई तीव्र पार र नेपाली नागरिकलाई नेपाल फर्किने र काम गर्ने सहज वातावरण बनाऊ ।

    ५. सुरक्षित र सावधानीपूर्वक कृषि कर्म र कृषिजन्य उद्योगधन्धा सञ्चालन गर्न सकिने वातावरण बनाऊ र जनतालाई भोक र बेरोजगारीबाट मुक्त हुने स्थिति तत्काल सिर्जना गर ।

    ६. बेरोजगारलाई कामको व्यवस्था गर, सुरक्षित किसिमले काम गर्ने वातावरण बनाऊ ।

    ७. सबै किसिमका भ्रष्टाचार, कालोबजारी, तस्करी र मूल्यवृद्धि रोक्न कडा कदम चाल ।”

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.