• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हैदरावादमा मूल प्रवाहको संयुक्त नगर सम्मेलन उद्घाटन


  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • हैदरावाद (भारत) । भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बाह्रौँ संयुक्त नगर सम्मेलनको उद्घाटन गरिएको छ ।

    Advertisement

    मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत हैदरावादका उत्तर, मध्य र दक्षिण नगर समितिको सो कार्यक्रम जनवरी ४, २०२५ का दिन सम्पन्न भएको हो ।

    सम्मेलनमा प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद मीना पुन तथा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा हुनुहुन्थ्यो ।

    सम्मेलनको उद्घाटनपछि मन्तव्य राख्नै प्रमुख अतिथि पुनले प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गर्नु जायज रहेको धारणा राख्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले आफू सांसद हुँदा यो विषय सदनमा राखेको स्मरण गर्नुभयो ।

    उहाँले विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वका लागि विदेशिन बाध्य भएका सम्पूर्ण नेपालीहरू मूल प्रवाहको झन्डामुनि सङ्गठित हुनुपर्ने बताउनुभयो ।

    भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि मूल प्रवाहले सङ्गठित रूपमा आवाज उठाउँदै आएकोमा उहाँले समाजको प्रशंसा गर्नुभयो ।

    ‘मूल प्रवाहले जनतालाई सचेत बनाउने विषयमा निरन्तर प्रयास गर्दै आइरहेको छ’ उहाँले भन्नुभयो– ॅभारतस्थित नेपालीलाई जागरुकता बनाउने सवालमा मूल प्रवाहलाई अझै सफलता मिलोस् ।’

    कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि शर्माले नेपाल अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्रिरहेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘देश अर्धसामन्ती र अर्धऔपनिवेशिक भएको एउटा प्रमाणस्वरूप नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भारतीय हस्तक्षेप बढ्दै गइरहेको छ ।’

    सम्बोधनको क्रममा उहाँले देशमा सङ्घीय प्रणाली लागु गर्दा देशको अर्थतन्त्र ध्वस्त हुनुका साथै राष्ट्रिय विखण्डनको अवस्था देखा परेको बताउनुभयो ।

    ‘नेपालमा सङ्घीय प्रणालीलाई खारेज गर्नुपर्ने र आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो– ‘त्यस सिलसिलामा राजमोले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन आयोजना गरेको छ । त्यसमा तपाईंहरूको उत्साहपूर्ण सहभागिता अपेक्षा गर्दछौँ ।’

    सम्मेलनको उद्घाटन सत्रमा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल र पूर्व केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीको पनि आतिथ्य रहेको थियो ।

    त्यसैगरी, मञ्चमा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्यहरू भीमबहादुर थापा, फूलबिना पौडेल र कृष्णबहादुर थापा, केन्द्रीय सल्लाहकार रूपलाल जिएम, केन्द्रीय सांस्कृतिक विभागकी माया थापा, क्षेत्रीय सचिवालय सदस्य रतन सिंह, क्षेत्रीय महिला विभागकी संयोजक पुष्पा पौडेल, अखिल भारत नेपाली विधार्थी सङ्घ मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष हिमाल पौडेल, राजमो प्युठानका शिव पन्थी, मूल प्रवाह नालगोन्डा नगर समितिका चेतन शर्माको पनि आतिथ्य रहेको थियो ।

    मोहनलाल शर्माको अध्यक्षता तथा तिलक रानाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनमानसलाई वीरबहादुर विकले स्वागत गर्नुभएको थियो ।

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.