भुन्टर (भारत) । हिमाचल प्रदेशको भुन्टरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति र एरिया समिति गठन गरिएका छन् ।
भुन्टर नगर समितिको रायसनमा डिसेम्बर २१, २०२४ का दिन आयोजित भेलामाझ नगर समिति गठन गरिएको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य नेत्र गुरुङको प्रमुख आतिथ्यमा अगाडि बढेको सो कार्यक्रममा हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, सचिव भूवन केसी, मूल प्रवाहका नेताहरू सीताराम बुढा र नरेन्द्र रानाको पनि आतिथ्य रहेको थियो ।
सुरेश गुरुङको अध्यक्षता तथा चिन्ताबहादुर पुनको सञ्चालनमा अघि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई पासाङ नोर्बुले स्वागत गर्नुभएको थियो ।
अध्यक्षमा गिरी
भेलाले मोहन गिरी अध्यक्ष रहनुभएको एरिया समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पासाङ नोर्बु, सचिवमा सुरेश गुरुङ, सहसचिवमा अञ्जुली र कोषाध्यक्षमा छिरिङ रहनुभएको छ ।
त्यस्तै, सदस्यमा सोनम, निसा गुरुङ, खगेन्द्र खड्का, मदन लाल, वैकल्पिक सदस्यमा कमला, सुनिता, किसन तथा सल्लाहकारमा चन्द्रकुमार, हास राज र सुनिता रहनुभएको छ ।
ससैमा पनि समिति
त्यस्तै, भुन्टरकै ससैमा एरिया समिति पुनर्गठन गरिएको छ ।
पुनर्गठित समितिको अध्यक्षमा कन्हैया चौधरी तथा उपाध्यक्षमा कर्सङ्गा लामा, सचिवमा दिनेश, सहसचिवमा राधिका लामा र कोषाध्यक्षमा मायादेवी रहनुभएको छ ।
थमनबहादुर थामी र शुष्मा सदस्य रहनुभएको समितिको वैकल्पिक सदस्यमा गणेश ठाकुर र मनिराम सत्याल तथा सल्लाहकारमा सुनितादेवी र सीता ठाकुर रहनुभएको छ ।