• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलन सफल बनाउन अन्तर्राष्ट्रिय एकता समाजको अपिल


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आगामी चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानीकेन्द्रित आन्दोलनलाई सफल बनाउन अपिल गरेको छ ।

    Advertisement

    अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८१ मङ्सिर १२ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत समाजले सो अपिल गरेको हो ।

    वक्तव्यमा सङ्घीयताका कारण देशमा बेरोजगारी बढ्दै गर्दा नेपाली युवा विदेशिएको, तिनी प्रवासी नेपालीले पठाएको रेमिट्यान्सले अर्थतन्त्र भरथेग गरे पनि उनीहरूलाई मताधिकार र प्रतिनिधित्वको अधिकार नदिइएको गुनासोसमेत गरेको छ ।

    सङ्घीयतालाई यथाशीघ्र खारेज नगरे सङ्घीयताले देशलाई नै खारेज गर्ने भएकाले सो आन्दोलनमा बढीभन्दा बढी नेताकार्यकर्ता स्वदेश फर्कनुपर्ने तथा भौतिक र आर्थिक सहयोगसमेत गर्नुपर्नेधारणा व्यक्त गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “राष्ट्रिय जनमोर्चाले जनआन्दोलन दिवसको अवसर पारेर २०८१ चैत २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि एकहप्ते राजधानीकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । उक्त आन्दोलन देशको समसामयिक राजनीतिक आवश्यकताअनुरूप छ भन्ने ठहर अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छ । त्यसैले उक्त आन्दोलनप्रति विदेशस्थित प्रवासी तथा नेपाली नागरिकको तर्फबाट हाम्रो समाजले नैतिक, भौतिक र आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्दछ ।

    नेपालको लागि सङ्घीय राज्य पुनर्संरचना वस्तुगत आवश्यकता थिएन भन्ने तथ्य २००७ साल, २०३६ साल, २०४६ साल र २०६२–६३ सालका कुनै पनि जनआन्दोलनमा त्यसको पक्षमा आवाज नउठेकोबाट पुष्टि हुन्छ । नेपाल भौगोलिक आकारमा सानो, आर्थिक रूपमा कमजोर, विभिन्न जातजातिहरूको मिश्रित बसोवास भएको र नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता भारतीय साम्राज्यवादसहितका विदेशी प्रतिकृयावादीबाट असुरक्षित रहेकाले नै सङ्घीयताको पक्षमा गतकालमा आन्दोलन नउठेको हो भन्ने प्रष्टै छ । त्यसका बाबजुद २०६२–६३ सालको जनआन्दोलनपछिको सङ्क्रमणकालीन र सापेक्ष रूपमा सरकारको कमजोर अवस्थाको फाइदा उठाएर मधेसवादी आन्दोलन प्रायोजित गरियो । सोही आन्दोलनको बलमा अनधिकृत र जबर्जस्ती प्रकारले तत्कालीन अन्तरिम संविधानमा सङ्घीयतालाई प्रवेश गराइयो ।

    राष्ट्रिय जनमोर्चाले त्यति बेलादेखि नै नेपालका लागि सङ्घीयताको विरोध गर्दै आएको छ । राष्ट्रिय जनमोर्चाले संसद्भित्र सङ्घीयताको विरोधमा आवाज उठाउँदै आयो । त्यस क्रममा संशोधन प्रस्ताव दर्ता गर्‍यो । सङ्घीयता विरोधको त्यो सिलसिला अहिले पनि यथावत् छ ।

    राष्ट्रिय जनमोर्चाको सो विरोधका बाबजुद २०७२ सालको संविधानमा सङ्घीयतालाई लिपिबद्ध गरियो । त्यसलाई संस्थागत गर्न २०७४ साल र २०७९ सालमा सङ्घीय प्रदेशका चुनाव भए तर सङ्घीयता लागु गर्न हालसम्म गरिएको उक्त प्रयासका बाबजुद हालसम्मको अनुभवले पुष्टि गरेको छ– सङ्घीयता नेपालका लागि अनुपयुक्त संरचना हो । सङ्घीयताका कारणले अहिले देशमा करआतङ्क कायम भएको छ । बजेट कटौति हुँदा एकातिर विकास निर्माणका योजना ठप्प हुन पुगेका छन् भने अर्कोतिर, प्रशासनिक खर्च बढ्दै जाँदा वैदेशिक ऋणको आकार बढ्दै गएको छ । फलस्वरूप यतिखेर प्रत्येक नेपालीको टाउकोमा ८० हजार रुपैयाँभन्दा बढी ऋण थोपरिएको अवस्था छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र औद्योगिक क्षेत्रको विकास सङ्घीयताकै कारण कुण्ठित हुन पुगेको छ । त्यसले गर्दा बेरोजगारी झन् झन् बढ्दै गएको छ । यतिखेर प्रवासी नेपालीले पठाएको रेमिट्यान्सले जनताको दैनिक गुजारा जेनतेन चलेको वा विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको भए पनि न्यून आन्तरिक उत्पादनका कारणले मुद्रास्फीति उच्च विन्दुमा पुगेको छ । त्यसले गर्दा रेमिट्यान्सको प्रतिफल ऋणात्मक हुन पुगेको छ । यता, यिनै विदेशस्थित नेपालीलाई मताधिकार तथा प्रतिनिधित्व दिने सवालमा न्यायालयको आदेशका बाबजुद सरकारले उदासिनता अपनाइरहेको छ ।

    यसरी सङ्घीयताले नेपाललाई आर्थिक रूपमा असफल राष्ट्र बनाउने बाटोतर्फ लगेको मात्रै होइन, सामाजिक सद्भावमा खलल पुग्दै जाँदा राष्ट्रिय विखण्डनको खतरासमेत देखा पर्न थालेको छ । यदि सङ्घीयतालाई यथाशीघ्र खारेज गरिएन भने त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता विश्वको मानचित्रबाट कुनै पनि बेला लोप हुन सक्ने अवस्था छ ।

    हामीलाई खुसी लागेको छ, देशको यस्तो भयावह वर्तमान र कहालीलाग्दो भविष्यको सही मूल्याङ्कन राष्ट्रिय जनमार्चाले गरेको छ । राष्ट्रिय जनमोर्चाले सङ्घीयताको यस्तो भयावह दुष्परिणामबाट नेपाली राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बचाउन बेलैमा ठोस कदम उठाउने घोषणा गरेको छ । हामीलाई लाग्दछ, सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्म घोषणा गरिएको एकहप्ते राजधानीकेन्द्रित आन्दोलन यस्तै राजनीतिक दूरदर्शितामाथि आधारित ठोस कार्यक्रम हो । त्यसकारण हामी सम्पूर्ण प्रवासी तथा विदेशस्थित नेपालीले यो आन्दोलनलाई सफल बनाउन अधिकतम सहभागिता जनाउनुका साथै नैतिक र आर्थिक समर्थन गर्नु हाम्रो अनिवार्य कर्तव्य हो भन्ने ठान्दछौँ ।

    अन्तमा, अन्तर्राष्ट्रिय नेपाली एकता समाज नेपाली राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता बचाउने यस्तो आन्दोलनमा सहभागी हुन र त्यसलाई सफल बनाउन नैतिक र आर्थिक सहयोग गर्ने पुनः घोषणा गर्दछ । उक्त आन्दोलनमा सहभागी हुने योजना संसारभरिका नेपाली एकता समाजका नेताकार्यकर्ताले आजैदेखि बनाउन अनुरोध गर्दछौँ । त्यसका साथै आन्दोलनमा सहभागी हुन नसक्ने साथीहरूसित अधिकतम आर्थिक र नैतिक सहयोग गर्न पनि विनम्र अनुरोध गर्दछौँ ।”

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.