काठमाडौं । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले जेलमा रहेका आफ्ना नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै प्रदर्शन थालेको छ ।
Advertisement
जुलुस सोमबार इस्लामाबादको सीमामा प्रवेश गरेको छ । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी(चोक पुग्नु हो।
आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ।
इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानुन र व्यवस्था बहाल गर्न सेना बोलाएको बीबीसी हिन्दीले जनाएको छ।
यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोसाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो।
साथै उनलाई २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ।