धर्मराज शर्मा, कोट्टयाम (भारत) ।
भारतको कोट्याममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एघारौँ सम्मेलन सम्पन्न भएको छ ।
महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा गत नोभेम्बर १६–१७, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै पौडेलले मूल प्रवाहको भारतस्थित नेपालीहरू मूल प्रवाहको झन्डामुनि एकताबद्व नभएसम्म देश र श्रमजीवी जनताको उद्धार र उत्थान नहुने दाबी गर्नुभयो ।
अध्यक्षमा थापा
दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापाले सम्मेलनद्वारा निर्वाचित नामावली प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनले भद्रबहादुर थापा अध्यक्ष रहनुभएको १३ पूर्ण तीन वैकल्पिक र तीन सल्लाहकार गरी १९ सदस्यीय नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा खिरमाया थापा, सचिवमा डिलबहादुर राना, सहसचिवमा देवी रिजाल अधिकारी र कोषाध्यक्ष धनकुमारी केसी रहनुभएको छ ।
त्यस्तै, सदस्यमा मनोज जिसी, शेरबहादुर विक, प्रेमप्रसाद शर्मा, रामबहादुर केसी, छविलाल कार्की, हरिप्रसाद पौडेल र कुमारी थापा तथा वैकल्पिक सदस्यमा लालबहादुर थापा, राजेश चालिसे र दुर्गा शर्मा रहनुभएको छ ।
सम्मेलनले गणेश परियार र प्रदीप शर्मालाई सल्लाहकार चयन गरेको छ ।
महिला विभागको संयोजकमा थापा
सम्मेलनले खिरमाया थापाको संयोजकत्वमा १३ सदस्यीय महिला नगर विभाग गठन गरेको छ ।
समितिमा बालिकादेवी शर्मा, देवी रिजाल, धनकुमारी केसी, दुर्गा शर्मा, खुमादेवी शर्मा, कौशिला परियार, कुमारी थापा, मीना सापकोटा, सम्झना श्रीस थापा, सरस्वती ओझा, रूपा पौडेल र सुनिता ढकाल चालिसे रहनुभएको छ ।
सम्मेलनको एसएसएलसीमा ए पल्स सबिता शर्मा, अनिषा शर्मा र १२ मा फुल ए पल्स मोनिका पाण्डेलाई नगर समितिले मुमेन्टो प्रदान गरी सम्मान गरेको थियो ।
सम्मेलनको घोषणासभामा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोबनाथ शर्मा, क्षेत्रीय समितिका चन्द्रबहादुर थापा, धनकुमारी केसी, जनक बिसी, महिला विभागकी सदस्य खिरमाया थापा, जानकी बिसी, समता विभागका सदस्य शेरबहादुर विक, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रदीप शर्माको आतिथ्य रहेको थियो ।
मनोज जिसीको सञ्चालन र धर्मराज शर्माको अध्यक्षतामा अगाडि बढेको सम्मेलनमा रक्तिमका कलाकार र डिलबहादुर रानाले स्वागत गर्नुभएको थियो ।
सम्मेलनमा रक्तिमका कलाकारले गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।



