मीना पुन, हङकङ ।
हङकङ नेपाली एकता समाजका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार रहनुभएका स्मृतिशेष यामबहादुर बुढाथोकी मगर (का. प्रकाश) को श्रद्धाञ्जलीसँगै दाहसंस्कार गरिएको छ ।
बागलुङ समाज हङकङ र मगर समाज हङकङको आयोजनामा नोभेम्बर १७, २०२४ आइतबार दिन श्रद्धाञ्जली कार्यक्रम युनिभर्सल फेनेरल पार्लरमा तथा दाहसंस्कार चाइवानमा गरिएको हो ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी र मगर सङ्घ हङकङका महासचिव झलक थापामगर गर्नुभएको थियो ।
बाग्लुङ समाजकी अध्यक्ष अमृता राना थापा, मगर सङ्घका कावा अध्यक्ष प्रेमबहादुर थापामगरले प्रमुख वक्ताको रूपमा शोकमन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा हङकङमा नेपाली राजदूत डा. उदयबहादुर रानामगर, हङकङका सांसद अरुणा गुरुङ तथा विभिन्न सङ्घसंस्थाका टीकाराम कँडेल, केशव कार्की, दुर्योधन लिम्बु, गोकर्ण ढकाल, निता थापामगर, निलम थापामगर, गोमा पुनमगर, बसन्त श्रीनेत, हर्कप्रसाद रानामगर, टङ्क रानामगर, नेत्र पहराई र बोमबहादुर पुनमगरले पनि शोक मन्तव्य राख्नुभएको थियो ।
स्मृतिशेष यामबहादुरको जीवनी सञ्चालक शक्तमान बुढाथोकीले, मगर सङ्घमा योग्दानबारे अर्का सञ्चालक झलक थापाले र परिवारको तर्फबाट माहिला दाजु धनबहादुर बुढाथोकीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापन स्मृतिशेष यामबहादुरका कान्छा भाइ दिल बुढाथोकीले गर्नुभएको थियो ।
दाहसंस्कारपूर्व उहाँको पार्थिक शरीरमा नेकपा (मसाल) को झन्डा समाजका अध्यक्ष शक्तमान बुढाथोकी तथा मगर सङ्घको झन्डा प्रेमबहादुर थापामगरले ओढाउनुभएको थियो ।

