• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

श्रीलङ्काको बामपन्थी दल संसद्मा बहुमत ल्याउने कसरतमा


  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
  • श्रीलङ्का । श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।

    Advertisement

    कार्ल माक्र्स र चे ग्वेभारालाई आफ्नो नायकका रूपमा लिने ५५ वर्षीय राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई देशको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली निजी क्षेत्रको व्यापार र उद्योग निकायको समर्थन छ।

    सन् २०२२ मा देशको आर्थिक मन्दीलाई लिएर सिर्जना भएको जनआक्रोशका कारण दिसानायकेले सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गर्नुभएको थियो ।

    सिलोन चेम्बर अफ कमर्स (सीसीसी) ले आर्थिक पुनरुत्थानका लागि आफ्ना प्रस्तावहरू पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को समाजवादी एजेन्डासँग मेल खाने बताएको छ।

    देशले डिसानायकेको नेतृत्वमा चीन वा भियतनामको आर्थिक मोडेलहरू पछ्याउन सक्ने व्यवसायीहरूले अनुमान गरेका छन् ।

    अस्ट्रेलियास्थित भूराजनीतिक जोखिम विश्लेषण फर्म ट्रेसिंकका इमरान फुरकानले भन्नुभयो, “पहिलो कार्यकालमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको मामिलामा भियतनामभन्दा जेभिपीले धेरै राम्रो नीति अख्तियार गर्नेछ ।”

    उहाँले भन्नुभयो, “लामो समयदेखि साम्यवादी रहेको भियतनामको तुलनामा श्रीलङ्कामा प्रजातन्त्रको गहिरो जरा गडेको छ ।”

    बिहीबारको संसदीय चुनावमा दिसानायकेको पार्टीले सहजै जित हासिल गर्ने र त्यसपछि उहाँका दक्षिणपन्थी पूर्ववर्ती रनिल विक्रमासिङ्घेले सुरु गरेको अलोकप्रिय मितव्ययिताका उपायहरू सहित सुधारहरू अघि बढाउने फुरकानले विश्वास व्यक्त गर्नुभएको छ ।

    – शेयरमा उछाल –
    सन् १९७१ र १९८७ मा सशस्त्र विद्रोहको नेतृत्व गरेको जेभीपीले आफूलाई राष्ट्रिय जनसत्ता (एनपीपी) भनिने व्यावसायिक समूहहरूसँगको गठबन्धनमा मूलधारको राजनीतिमा सामेल गरेको छ।

    “विक्रमासिङ्घेले गरेको ऋण सम्झौतालाई अगाडि बढ्न दिएर स्थानीय र विदेशी लगानीकर्ताको विश्वास जितेकाले दिसानायकेले सुधारलाई उल्टाउने सम्भावना छैन,” फुरकानले भन्नुभयो ।

    दिसानायकेको जितपछि कोलम्बो स्टक एक्सचेन्जको ‘अल शेयर प्राइस इन्डेक्स’ १६/६५ प्रतिशतले बढेको छ।

    दिसानायकेले विशाल छिमेकी भारत र देशको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसँग पनि घनिष्ठ सम्बन्ध कायम राख्नुभएको छ ।

    करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको सानो तर रणनीतिक दृष्टिले हिन्द महासागरटापुमा अवस्थित श्रीलङ्कामा भारत र चीन दुवैले प्रभाव जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

    संसदको २२५ सिटका लागि आठ हजार ८८० उम्मेदवारका लागि बिहीबार बिहान ७ : ०० बजे मतदान सुरु हुनेछ ।

    निर्वाचन अनुगमनकर्ताले मतदातामा राष्ट्रपति निर्वाचनको तुलनामा कम उत्साह देखिएको बताएका छन् ।

    निजी निगरानी समूह पिपुल्स एक्सन फर फ्रि एन्ड फेयर इलेक्सन (पाफल) ले राष्ट्रपति चुनावमा देखिएको ८० प्रतिशतभन्दा कम मतदान हुन सक्ने जनाएको छ ।

    पाफ्फ्रेलकी प्रमुख रोहना हेटियाराचीले विपक्षी दलका थोरै उम्मेदवार सक्रिय भएकाले नतिजालाई पूर्वनिर्धारित निष्कर्षका रुपमा हेरिएको बताउनुभयो ।

    दिसानायकेको पार्टीले निवर्तमान विधायिकामा केवल तीन सिट मात्र जितेको भएपनि यस पटकको संसदीय निवाचनमा यसलाई अत्यधिक वृद्धि गर्ने अनुमान गरिएको छ ।

    मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.