खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको चन्डिगढ र हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छयालिसौँ स्थापना दिवस मनाइएको छ ।
नोभेम्बर ७, २०२४ का दिन दुवै स्थापना दिवसमा सो कार्यक्रम सम्पन्न भएको हो ।
चन्डिगढ
चन्डिगढमा एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीका समस्या समाधानमा मूल प्रवाहले खेलेको भूमिकालगायतका विषयमा मन्तव्य राख्दै स्थापना दिवस मनाइएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य तेजबहादुर रोका, जनजाति नेता थमन थापा, महिला क्षेत्रीय सदस्यहरू सरस्वता भुसाल, मन्जु विक र विष्णु अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।
नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा लक्ष्मी अधिकारीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा लक्ष्मण खनालले स्वागत गर्नुभएको थियो ।
हिसार
हिसारमा केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको इतिहास र देशको तात्कालक राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै स्थापना दिवस मनाइएको छ ।

राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म आयोजना गरेको सङ्घीयता खारेजी आन्दोलनमा सहयोगको अपिल गर्दै सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य बाबुराम पोख्रेल, महिला क्षेत्रीय समितिकी सदस्य सेती राना, राजमो सदस्य देविप्रसाद पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सुरेश क्षेत्रीको अध्यक्षता, दुर्गा ज्ञवालीको सञ्चालन र नन्दबहादुर लम्तरीको स्वागत मन्तव्य रहेको थियो ।
