• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संक्रमितको संख्या २ सय १९, निको भएर ३५ जना घर फर्के


  •   बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
  • काठमाडौं । गत २४ घण्टामा कोरोना भाइरसको ३ हजार ४९ वटा नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३ सय ५७ पिसिआर र ६ ससय ९२ वटा आरडिटी परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट २१ हजार ३ सय ४० वटा नमुना परीक्षण भएका छन् ।

    Advertisement

    आरडिटी विधिबाट ६० हजार ३ सय १९ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ८ हजार ३ सय २०, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७ र बागमती प्रद्येशमा ९ हजार ३ सय ६३ वटा आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ प्रदेश नम्बर ५ मा ७ हजार २ सय २१, कर्णाली प्रदेशमा ७ हजार २ सय २९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

    बुधबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेमा बाँकेका ३६ वर्षिय पुरुष र कपिलवस्तुका २२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । बाँकेका पुरुषको धुलिखेल, कपिलवस्तुको पुरुषको टेकुमा पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

    यो सँगै नेपालमा संक्रमितको संख्या २ सय १९ पुगेको छ । जसमा १ सय ७६ जना पुरुष र ४३ महिला रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर २ प्रभावित भएको छ । त्यहाँ ९६ जनामा संक्रमण देखिएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ७२ र प्रदेश नम्बर १ मा ३५ जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ९, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको छैन् ।

    देशभरीका विभिन्न क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ५९, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४, बागमती प्रदेशमा १ सय १ र गण्डकी प्रदेशमा २ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८९, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना क्वारेन्टाइनमा रहेका छन् ।

    अहिले देशका विभिन्न अस्पलालमा २ सय ४५ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा ९८, बागमती प्रदेशमा २५ (उपत्यकामा ६ समेत गरी) र प्रदेश नम्बर ५ मा १ सय १ जना आइसोलेसनमा रहेका छन् ।

    बुधबार बुटवलका २५ वर्षिय पुरुष ११ औं दिन र चितवनबाट ६३ वर्षिया महिला २५ औ दिनमा डिस्चार्ज भएका छन् । यो सँगै उपचारपछि निको भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३५ पुगेको छ ।

    सरकारले स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि व्यक्तिगत सुरक्षामा ध्यान दिएर उपचारमा संलग्न हुन आग्रह गरेको हो ।

    बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.