• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङका होटल भरिभराउ


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् ।

    Advertisement

    कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन् ।

    दसैँ सकिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन् । विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । दसैँ र तिहारका बीचमा मुस्ताङ जाने याम भएकाले मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् ।

    विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलले आकर्षित गर्न थालेपछि यहाँका होटल भरिभराउ हुन थालेको पाइएको छ । पछिल्लो समय मध्यपहाडी राजमार्गले पश्चिम क्षेत्रका पर्यटकसमेत बागलुङ आउन थालेका हुन् ।

    दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्जलगायत क्षेत्रबाट मुस्ताङ आउने पर्यटक बागलुङ बस्न आउने गरेको पाइएको बागलुङका होटल व्यवसायी तथा होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । “पोखरा, काठमाडौँ, चितवनबाट आउने पर्यटक थोरैमात्र बागलुङ बस्दछन्, उनीहरु सोझै कालिका मन्दिर पसेर मुस्ताङ पुग्छन्”, चोखालले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग कालोपत्र भएसँगै नेपालको रुकुम, दाङ र नेपालगञ्जजस्ता जिल्लाबाट ढोरपाटन, कालिका मन्दिर र मुक्तिनाथ जान आउनेहरुको गन्तव्य बागलुङ बनेको छ ।”

    जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ ।

    चोखालले दसैँ सकिएपछि मात्रै बागलुङका होटलमा पर्यटकको चाप बढेको बताउनुभयो । बागलुङमा पर्यटकको चाप बढेपछि होटलमा समेत लगानी थपिएको चोखालले जानकारी दिनुभयो ।

    अहिले बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारीसाधन बाक्लै देखिने गरेको छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आउने गरेको कालिका मन्दिरका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

    दसैँपछि मन्दिरको पार्किङस्थल पर्यटकका सवारीसाधनले भरिएर वैकल्पिक व्यवस्थापन मिलाइएको खड्काको भनाइ छ । बागलुङमा बढिरहेका पर्यटकीय गन्तव्य, होटलको स्तरीकरण र प्रचारप्रसारका कारण मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीले बागलुङलाई गन्तव्य बनाउन थालेका छन् ।

    मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका र पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको हो । टाढाबाट आएका पर्यटक बागलुङका होटलमा बसेर अर्को दिन सिधै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् । दसैँको पूर्णिमादेखि आफ्नो होटलको शतप्रतिशत कोठा पर्यटकले भरिभराउ भएको होटल दि राजका सञ्चालक एन्जिल शाक्यले बताउनुभयो ।

    “दसैँअघि पर्यटक खासै थिएनन्, कात्तिकको १ गतेपछि भने हाम्रो होटलको एउटा कोठासमेत खाली छैन, यहाँ आएका पर्यटकलाई अन्य होेटलमा पठाउँदै आएको छु, सुविधा सम्पन्न होटलमा पर्यटक भरिएका छन्”, शाक्यले भन्नुभयो, “पछिल्लो समय ढोरपाटन, मुस्ताङ र कालिका मन्दिर आउने पर्यटक नै हाम्रो होटलमा आउने गरेको पाइन्छ ।”

    बागलुङसमेत पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिँदै आएको छ । पछिल्लो समय बागलुङमा दुई दर्जनभन्दा बढी सुविधा सम्पन्न होटलमा आन्तरिक पर्यटक बस्दै आएका छन् ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.