• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • सुदूरपश्चिम । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीच कैलाली–कञ्चनपुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी भएको छ ।

    Advertisement

    भारत, उत्तर प्रदेशको लखिमपुरखिरी जिल्लास्थित, गौरीफन्टामा आइतबार बसेको दुवै देशका प्रहरी अधिकारीको बैठकमा सीमाक्षेत्रमा दशगजाका साथै सीमास्तम्भको सुरक्षा, सीमास्तम्भ बिग्रे भत्किएका भए तिनको मर्मतसम्भार, लागुऔषध नियन्त्रण, मानवतस्करी नियन्त्रण, सीमामा हुनसक्ने विदेशी घुसपैठ रोकथामलगायत विषयमा छलफल भई समन्वयात्मक रूपमा काम गर्ने समझदारी भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर, कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

    नजिकिँदै गरेका चाडपर्वका समयमा भारतबाट स्वदेश फर्किने क्रममा कतिय नेपाली भारतीय सीमा क्षेत्रमा लुटिने गरेको विगतको घटनालाई मध्यनजर गरी यस्ता घटना हुन नदिन दुवै देशका प्रहरीले आवागमनमा सहजीकरण गर्ने समझदारी पनि भएको छ । पछिल्ला दिनमा गौरीफन्टा सीमानाकामा राति ८ बजेबाट पैदल हिँडेर आवागमन गर्नसमेत रोक लगाइएको गुनासो आइरहँदा बैठकमा दुवै देशका प्रहरी अधिकारीबीच भन्सार काट्नु नपर्ने सामानसहित हिँड्ने नागरिकलाई आवागमन गर्न दिने समझदारी भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

    यहाँ राति ८ बजेटबाट गौरीफन्टा सीमानाकाको गेटमा बिरामी बोकेको एम्बुलेन्स बाहेक अन्य सवारीसाधनको आवागमनमा रोक लगाउने गरिएको छ । बैठकमा सहभागी हुनुभएका उहाँले भन्नुभयो,“सीमा क्षेत्रमा दुवैतर्फ प्रत्येक दिन साँझ ८ बजेपछि भन्सार कार्यालय बन्द हुने गरेको भए पनि भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आवागमनमा सहजीकरण गरिदिने समझदारी भएको छ ।”

    बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीका प्रमुख प्रहरी उपरीक्षक पाण्डे, सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दसहित सशस्त्र प्रहरी बलका अधिकारी सहभागी हुनुहुन्थ्यो । भारतीय पक्षबाट एसएसबि ३९औँ बटालियन डेपुटी कमाण्डेन्ट विजेन्द्रकुमारसहित प्रहरी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

    केही दिनअघि सुरक्षा अधिकारीबीच धनगढीमा पनि समन्वय बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा पनि दुई देशका सुरक्षा निकायबीच खबर आदानप्रदान, आवश्यकतानुसार सीमा इलाकामा संयुक्त गस्ती, सीमा र दशगजाको अतिक्रमण रोकथाम, अवाञ्छित एवं आपराधिक क्रियाकलाप नियन्त्रणलगायत विषयमा छलफल गरिएको थियो ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.