• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकी संस्था यूएसएडले नेपालमा खर्चियो दुई खर्ब रकम


  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ।

    Advertisement

    युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ।

    सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ।

    युएसएडद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराएका थिए। साथै उनले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार युएसएडले अनुदान सहयोग पुर्याउँदै आएको उल्लेख गरे।

    युएसएड अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो। युएसएडले नेपाललगायत सयभन्दा बढी मुलुकमा काम गर्दछ। युएसएड र नेपालबीचको साझेदारी ६३ वर्षभन्दा लामो छ। युएसएडको सुरुवाती दिनदेखिको सहयोगका कारण दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलन भएको, कुनै समय बसोबास गर्न नसकिने मुलुकका भूभागमा कृषि फस्टाउन योग्य भएको, साक्षरता बढेको, औसत आयु दोब्बर भएको, बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको, शान्ति र लोकतन्त्रमा सहजीकरण भएको र कोभिड–१९ सङ्कटको समयमा खोप, आवश्यक सामग्री र प्राविधिक सहायता प्राप्त भएको युएसएडले जनाएको छ।

    युएसएडको नेपालस्थित कार्यालयका विभिन्न विभागीय अधिकारीहरुका अनुसार युएसएडले सन् २०२३ मा नेपालमा पाँच वर्ष मुनिका ११ लाखभन्दा बढी बालबालिकालाई पोषणसम्बन्धी कार्यक्रममार्फत सहयोग गरेको, बाल विवाह र बालबालिकाको जबरजस्ती हुने विवाह कम गर्न र बालिकाका लागि शिक्षा प्रवर्द्धन गर्न दुई हजारभन्दा बढी सामुदायिक अगुवा तथा सरोकारवालाहरु समाधानका उपायमा संलग्न भएका थिए।

    यसै अवधिमा युएसएडको सहयोगमा किसान र उद्यमीले छ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न सफल भएको जनाईएको छ। एक करोड २४ लाख व्यक्तिलाई मतदाता र नागरिक शिक्षा प्राप्ति गर्न सहयोग गरेको, नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजनालाई अन्तिम रुप दिन मद्दत गरिरहेको युएसएडले जनाएको छ।

    कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीले द्विपक्षीय सम्बन्ध र सहयोगबारे धारणा व्यक्त गरेका थिए। यसैगरी युएसएड नेपालका लैङ्गिक तथा समावेशी विकास सल्लाहकार मञ्जु तुलाधर, विकास कार्यक्रम विशेषज्ञद्वय सुजन पिया र विश्वास राणा, ऊर्जा विशेषज्ञ शंकर खागी, शिक्षा विशेषज्ञ राजकुमार दुलाल, वरिष्ठ स्वास्थ्य सल्लाहकार जगनाथ शर्मा, प्राप्ति तथा सहायता विशेषज्ञद्वय चेतना घिमिरे र तेजेन्द्र पौडेल, वित्तीय विश्लेषक टेक पाण्डे, प्रमुख लेखापाल अपेक्षा श्रेष्ठलगायतले युएसएडले नेपालमा गरिरहेको सहयोग र सञ्चालित परियोजना बारे जानकारी गराएका थिए। रासस

    बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.