• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बाबाआमाको पीडा


  •   आइतबार, असार २४, २०८१ मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    आमा बाबा स्वदेशमा सन्तान अमेरिका
    आँखाभरि टिलपिल ती आशुका ढिका ।
    उठ्दा बस्दा जुन बेलानी सम्झना छ उनकै
    फोन हुँदा खुसी कति उपहार झै सुनकै ।।

    सन्तानलाई बिदाइ गर्दा हासीमुख गर्ने
    बिदा गरी भित्र गई दुबै मूर्छा पर्ने ।
    दुई तीन दिन घरभित्र चुलो जल्दैन
    ललाङलुलुङ हातखुट्टा शरीर चल्दैन ।।

    शून्य हुन्छन् घरआँगन दुखी हुन्छन् मन
    सन्तान आफ्नै साथमा भए लाग्थ्यो ठुलो धन ।
    भविष्यको खोजी गर्दै सन्तान विदेश गए
    अभिभावकको खुसीजति सबै उतै लए ।।

    बेजोडले छाती दुख्छ फुट्ला झैँ गरी
    सदाका लागि सन्तानले छोडीगए सरी ।
    मनले मनलाई सोध्ने गर्छ माया धेरै किन ?
    गा’को एक दिन भा’को छैन लाग्ने वर्षदिन ।।

    पहर पहर बितेको छ दबाइको भरमा
    सुनसान कोठाहरू डर आफ्नै घरमा ।
    कति बेला रिङ आउला फोनतिरै आँखा
    दिनमा नै अध्यारा छन् गाउँका भिरपाखा ।।

    सन्तानलाई मन पर्ने परिकार पाक्दैनन्
    लगिदिने मान्छे पाए आफूलाई राख्दैनन् ।
    विसन्चो भए पनि भन्छन् आरामै छौँ
    मेलापात गएका छन् भन्छन् घरमा छौ ।।

    दबाई खान बिर्से पनि खाएकै छौँ भन्छन्
    एक दिनमा सयौँपटक गएका दिन गन्छन् ।
    सपनीमा बर्बराउँछन् कहिले आउछौँ भनी
    बिछोडले झझल्किन्छन् उता सन्तान पनि ।।

    पैसा पनि खुसी खुसी यहीँ छ भनिदिन्छन्
    सकेसम्म घर खर्च आफ्नै शिरमा लिन्छन् ।
    बिमारले सिकिस्त छन् देखिन्छन् ठिकठाक
    आफ्ना दुःख लुकाउन कोसिस गर्छन् लाख ।।

    सन्तान बाटा लागेदेखि चाड आएन उनको
    उनीबिना छुट्टी भयो पूर्णिमाको जुनको ।
    सन्तानलाइ देख्ने आसमा सकिन्छ उनको चोला
    बाबाआमालाई यस्तो पीडा कहिलेसम्म होला ?

    आइतबार, असार २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.