• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नौतनहवाको जस्तै भारतमा अलपत्र सबै नेपालीलाई स्वदेश ल्याउः राजमो


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतका विभिन्न स्थानका क्वारेन्टिनमा नेपाल आउन पर्खिबसेका नेपालीहरुलाई छिटो घर ल्याउन आग्रह गरेको छ ।

    Advertisement

    रुपन्देहीको सिमावर्ती नौतनवाको क्वारेन्टिनमा बसेका ३३५ नेपालीलाई शुक्रबार र शनिबार गरी घर ल्याइएकोमा धन्यवाद दिँदै राजमोले अन्य स्थानमा रहेका नेपालीलाई पनि स्वास्थ्य परीक्षणको व्यवस्था गरी नेपाल ल्याउन माग गरेको हो ।

    राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले शनिबार एक वक्तव्य प्रकाशित गरी दार्चुलाको सिमावर्ती क्षेत्रलगायतका स्थानबाट पनि नेपालीहरुलाई आवश्यक व्यवस्थासहित नेपाल ल्याउन आग्रह गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्यः
    ‘नौतनहवाको क्बारेनटाइनमा राखिएका ३३५ जना नेपालीहरू मध्ये १०० जनालाई हिजो र बाँकीलाई आज नेपालमा ल्याएर उनीहरूलाई सम्बन्धित जिल्लाहरूमा पठाउने काम भएको छ । त्यसका लागि हामीले नेपाल सरकार र पाँच नम्बर सरकारलाई समेत धन्यवाद दिन चाहन्छौँ । त्यसका साथै नेपालमा क्बारेनटाइनमा राखिएका १६५ जना भारतीयहरूलाई पनि भारतमा पठाउने काम भएको छ ।

    हामीले आशा गर्दछौँ । दार्चुलासहित अन्य भारतीय सीमामा क्वारेन्टिनमा राखिएका नेपालीहरूलाई पनि उद्दार गरी नेपालमा ल्याउनका लागि हामीले सरकार र सम्बन्धित प्रदेश सरकारहरूसित अनुरोध गर्दछौँ ।

    भारतीय सीमामा बाँकी रहेका नेपालीहरूलाई नेपालमा ल्याउँदा कोरोना भाइरसको समस्या गम्भीर हुने छ भन्ने हामीलाई लाग्दैन । उनीहरूलाई अनियन्त्रित प्रकारले फुकुवा गरी नेपालमा ल्याउने होइन, तर उनको स्वास्थ्यको परीक्षण गरी नेपालमा ल्याउनुपर्दछ र कोरोना भाइरसको शंका देखिएका व्यक्तिहरूलाई सम्बन्धित जिल्ला वा गाउँपालिकाहरूका क्वारेन्टिनमा र कुनै संक्रमण नदेखिएका मानिसहरूलाई होम क्वारेन्टिनमा बस्ने गरी उनीहरूका गाउँगाउँमा पठाउन सकिने छ ।

    त्यसै गरेर राजधानी वा अन्य स्थानहरूमा व्यवहारिक वाध्यताका कारणले अप्ठ्यारोमा परी रोकिएका नेपालीहरूलाई पनि आफ्नो गाउँघरमा जानका लागि आवश्यक यातायात समेतको व्यवस्था गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ । उनीहरूलाई पनि आवश्यक स्वास्थ्य जाँच गरी कोरोना भाइरसको शंका देखिएकाहरूलाई सम्बन्धित जिल्ला गाउँपालिकाका क्वारेन्टिनहरूमा राख्ने र त्यस्तो कुनै शङ्का नभएका मानिसहरूलाई होम क्वारेन्टिनमा बस्ने गरी पठाउन सकिने छ ।

    हामीहरूको के मूल्यांकन छ भने भारतको सीमामा रोकिएका वा राजधानी र नेपालका विभिन्न स्थानहरूमा रोकिएर बसेका मध्ये धेरैजसोमा कोरोना भाइरसको संक्रमण नभएको नै बढी सम्भावना छ । अहिलेसम्म विभिन्न स्थानहरूमा गरिएको स्वास्थ्य परीक्षणबाट त्यो कुरा प्रष्ट हुँदै आएको छ । त्यसकारण उनीहरूलाई भारतीय सीमाबाट नेपाल ल्याउँदा वा राजधानी र विभिन्न स्थानहरूमा रोकेर बसेका नेपालीहरूलाई आ–आपनो ठाउँमा पठाउँदा कोरोना भाइरसको समस्याले गम्भीर रूप लिने छैन भन्ने कुराको आशा गर्न सकिन्छ ।

    अन्तमा हामीले उक्त विषयहरूमा तुरुन्त आवश्यक व्यवस्था गर्नका लागि सरकार र सम्बन्धित प्रदेश सरकारहरूसित अनुरोध गर्दछौँ ।’

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.