• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पार्टी फुटलाई सहज बनाउने अध्यादेशले नेकपामा खैलाबैला


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले अलग पार्टी गठन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य रहने प्रावधानसहितको अध्यादेश प्रस्तुत गरेपछि नेकपामा भूइँचालो गएको छ ।

    Advertisement

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो । ती दुवै प्रस्ताव आजै राष्ट्रपतिले प्रमाणिकरण गरेकी छन् ।

    अध्यादेशका बारेमा छलफल गर्न सोमबार साँझ बसेको नेकपा सचिवालय बैठकमा भनाभन भएको नेकपा स्रोतले जनाएको छ ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जुन विषयमा छलफल गर्न सचिवालय बैठक बसेको हो, सो विषय राष्ट्रपतिबाट पारित भइसकेपछि छलफलको अर्थ नरहेको पत्रकारहरुलाई बताएका छन् ।

    सोमबार साँझ नेकपा सचिवालयको बैठकपछि पत्रकारलाई निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको र तत्पश्चात् अरू सदस्यहरुले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा गम्भीर छलफल भएको बताए । तर, छलफल गर्दागर्दै अध्यादेश पारित गर्नुले छलफलको औचित्य नरहेको उनले बताए ।

    ‘छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो’ उनले भने, त्यसपछि यो विषयमा थप छलफल गर्नुको खासै अर्थ रहेन ।’

    पछिल्लो समयमा नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष र पूर्व एमाले एवं माओवादीबीच दूरी बढिरहँदा सरकारले पार्टी फुटका लािग सहज बनाउन ल्याएको अध्यादेशलाई गम्भीर रुपमा हेरिएको छ । यसअघि अलग पार्टी गठन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य रहनुपर्ने कानुनी व्यवस्था थियो ।

    तर, सोमबार राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै केन्द्रीय समिति र संसदीय दलमध्ये एउटामा ४० प्रतिशत सदस्य पुर्याएर पार्टी फुट्न सक्ने व्यवस्था गरिएको छ । सो व्यवस्था नेकपाबाट पूर्व माओवादीलाई अलग गर्न ल्याइएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै पूर्व एमाले र माओवादीका नेता कार्यकर्ताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । यद्यपी सरकारले ल्याएको अध्यादेशमा पूर्व एमालेका पनि अधिकांश नेता कार्यकर्ताहरु यात अनभिज्ञता प्रकट गरिरहेका छन्, या रुष्ट देखिएका छन् ।

    नौ सदस्यीय सचिवालय रहेको नेकपामा ओली अल्पमतमा देखिन्छन् । ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएपछि पार्टीसँग ‘वार्गेनिङ पावर’ बढाउन सो अध्यादेशलाई प्रयास गर्न खोजेको पनि विश्लेषकहरुको भनाई छ ।

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.