चेन्नै (भारत) । मूलप्रवाह अखिल भारत नेपाली एकता समजाले लकडाउनका कारण भोकै बस्न बाध्य मजदुरहरुलाई राहत सामग्री वितरण गरेको छ। लकडाउनले बेरोजगार बनेका र घर पनि फर्कन नसकेर अलपत्र परेका नेपाली मजदूरहरूलाई मूलप्रवाहले राहत वितरण गरेको हो ।
चेन्नैको चिन्ट्रादरीपेटमा प्रोफेशनल कोरियर सर्भिसमा दैनिक ज्यालादारीको रूपमा काम गर्ने डडेलधुराका १३ जना, कैलालीका १४ र कञ्चनपुरका ८ गरी ३५ जना नेपाली श्रमिकलाई मूलप्रवाहले एक सय किलो चालम र सोही परिमाणमा अन्य सामाग्री वितरण गरेको मूलप्रवाहले जनाएको छ।
उनीहरुलाई चामल १०० केजी, दाल ७ केजी, खानेतेल ५ लिटर, नुन ३ केजी, चीनी २ केजी, रीन पाउडर् २ केजी, चियापत्ती आधा केजी, साबुन ८ वटा, कोलगेट ४ वटा, प्याज ५ केजी, आलु १० केजी, टमटर ५ केजी, बन्दगोपी ७ केजी, लसुन आधा केजी र मासुको लागि ५०० रुपैयाँ प्रदान गरिएको हो ।
कोरोना भाइसको विश्व व्यापी महामारीका कारण भारतमा पनि २४ मार्च देखी ३ मई २०२० सम्म करिव ४० दिनको लागि लकडाउन गरिएको छ। मालिकले केही दिनको लागि त दिए छ त्यस पछि बस्न दिन्छु तर खान दिन सक्दिन भने पछि मजदुरहरु समस्यामा परेका छन् । यस्तो अस्थामा कतिपय नेपाली मज़दूरहरू नत काम गर्न पाउने, न घर जान सकिने भएको र उनीहरूलाइ पर्न गएको खाद्यानको समस्यालाइ मध्ये नज़र गर्दै वैशाख ७ गते तमिलनाडुका राजनीतिक पार्टीसँग पहल गरी राहात वितरण गरिएको थियो ।
त्यस्तै, मूलप्रवाह दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व पश्चिम र उत्तर दक्षिणका ४ वटा नगर समितिहरू र केही ब्यक्तिगत रूपमा आर्थिक संकलन गरी राहत वितरण गरिएको मूलप्रवाहले जनाएको छ ।
मूलप्रवाहका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय सदस्य ज्योतिनारायण सुवेदी, क्षेत्रीय सदस्य तथा उत्तर नगर अध्यक्ष उमानन्द आचार्या, उत्तर नगर उपाध्यक्ष देवी प्रसाद ढकाल, नगर सदस्य तिल बहादुर बिक, नगर सदस्य दिपा शर्मा, माउण्टरोजड एरिया अध्यक्ष लोकराज आचार्य र एरिया सदस्य अर्जुन ठकुल्लाको उपस्थितिमा राहत वितरण गरिएको हो ।
३५ जना एउटै कोठामा थुनिएर बस्न बाध्य नेपाली श्रमिकहरु कहिले लकडाउन खुल्छ र घर जान पाइन्छ भनेर निसास्सिएर बसिरहेको मूलप्रवाहले जनाएको छ।