खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘बी’ मा श्रमजिवी नेपालीहरूबीच २२ अप्रेल २०२४ मा सम्पन्न भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ।
Advertisement
मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेको प्रमुख आथित्यतामा सम्पन्न भेलामा मूल प्रवाहको आवश्यकता एवम् विधानबारे व्यापक छलफल पश्चात समिति गठन गरेको हो ।
नव गठित समितिको अध्यक्षमा पवित्रा मुखिया, सचिवमा प्रमिला मुखिया, कोषाध्यक्षमा विष्णु मुखिया रहनु भएको छ।
यसैगरी सदस्यहरूमा पुष्पा मुखिया, कमला मुखिया, लक्ष्मि गिरि, पदम मुखिया, गोबिन्द मुखिया र तारा सोमरे लगाएत रहनु भएको छ।