• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोभिड-१९ बाट सृजित भयावह अवस्था र अमेरिकाको ६ कमजोरी


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • महेन्द्र बस्याल

    Advertisement

    अहिले संसारमा सबैभन्दा धेरै कोभिड–१९ बाट संक्रमित र मृतक मानिस अमेरिकामा रहेका छन् । ताजा जानकारीअनुसार संक्रमित ६ लाखभन्दा बढी छन् भने मृत्यु हुनेहरू २४ हजार भन्दा बढी पुगिसकेका छन् । यस प्रकार अमेरिकामा किन कोभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिरहेको छ ? किन अमेरिकाले समयमै रोकथामका उपाय अपनाउन सकेन वा अवसर हुँदाहुँदै पनि बेवास्ता गर्यो ? यी यावत् कुराले आज विश्वभरका मानिसलाई उद्वेलित बनाइरहेको छ । आज हामीले कोरोना भाइरस रोकथाममा अमेरिका कहाँनेर चुक्यो ? के कस्ता प्रकारका कमजोरीका कारण अहिले अमेरिकामा कोरोना भाइरस उच्च रफ्तारमा फैलिँदो छ ? आदि विषयमा चर्चा गर्ने छौँ ।

    ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीसँग लड्नका लागि अधिक सैया भएका हस्पिटल, क्वारेन्टिनमा राख्ने व्यवस्था, व्यापक चेकजाँचको व्यवस्था, व्यापक आपतकालीन मेडिकल आपूर्तिलगायतका विषयमा कुनै तयारी गर्न ध्यान पुराउन सकेन । उल्टै ओबामा सरकारले तयार गरेका कतिपय संरचनासमेत ध्वस्त पार्ने काम ग-यो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू चीनसँग धेरै नै बेखुसी रहेको कुरा मिडिया अथावा ट्विट मार्फत् आक्रोश व्यक्त गर्ने गरेका थिए । किनभने चीन प्रशासनले आफ्नो देशमा फैलिएको कोरोना भाइरसको ठिकसँग जानकारी दिएको थिएन । अमेरिकनको यो मत छ, “यदि चीनले सुरुमै सबै राष्ट्रलाई सावधानी अपनाउन जानकारी दिएको भए यति धेरै विश्वव्यापी महामारीको रूपमा फैलिने थिएन ।”

    यदि चीनले कोरोना भाइरसको बारेमा पहिलै बताएको भएता पनि ट्रम्पले सिरियसली लिने थियो भन्ने कुनै ग्यारेन्टी थिएन । धेरैजसो अमेरिकनको बुझाइ छ, राष्ट्रपति ट्रम्प प्रशासनले आफ्ना गल्ती ढाकछोप गर्नका लागि चीनमाथि दोषारोपण गर्न कोशिस गरिरहेको छ, तर यसको मतलब चीन ठिक छ भन्ने हैन । आज जब अमेरिका कोरोना भाइरसको सबैभन्दा ठुलो केन्द्रबिन्दु बन्न पुग्यो, तब थाहा लाग्यो, संसारको सबैभन्दा विकसित, सक्षम तथा महाशक्ति राष्ट्र पनि किन पछि परिरहेको छ ? यसको मतलब हो, अमेरिकाले समयअनुसार कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सही कदम चाल्न सकेन ।

    प्रथम गल्ती
    २०१८ मा राष्ट्रिय सुरक्षा परिषद्को ग्लोबल हेल्थ सेक्युरिटी टिमको विघटन गर्नु गल्ती भएको छ । यसले कोरोनाको बारेमा ब्यापक अध्ययन गर्नुका साथै समयमै रोकथामको लागि पूर्वतयारी गर्न सहयोग गर्ने थियो । अमेरिकन खुफिया एजेन्सीले केही समयपहिला जानकारी पनि दिएका थिए, भविष्यमा फ्लूबाट ठुलो धनजनको क्षति हुन सक्ने छ । पूर्वजानकारी दिँदादिँदै पनि न त ट्रम्प प्रशासनले होशियारी अपनाउन सक्यो, न ग्लोबल हेल्थ सेक्युरिटीको पुनर्गठन गर्नमा नै ध्यान दियो ।

    द्वितीय गल्ती
    जनवरी २०२० मा चीनबाट अन्य देशमा कोरोना भाइरस फैलिन थालेको कुरा जानकारीमा आइरहेको थियो तर ट्रम्प प्रशासनले उक्त परिस्थितिलाई गम्भीरतापूर्वक लिन सकेन, बरु उल्टै कोरोना भाइरसको अवस्था पूर्ण रूपमा कन्ट्रोल भएको झुटो जानकारी दियो । ट्रम्पले २४ जनवरीमा ट्विट गर्दै भनेका थिए– “चीन कोरोना भाइरसलाई काबुमा राख्नका लागि निकै मिहिनेत गरेको छ, अमेरिका चीनको कोशिसको तथा पारदर्शिताको प्रशंसा गर्दछ” भनेर बढो महान् बन्ने कोशिस गरेका थिए, किनभने त्यतिबेलासम्म उनको देशले पीडा भोगेको थिएन ।

    सिङ्गापुर, ताइवान र हङकङजस्ता देशले चीनमा भाइरस फैलिएको थाहा पाउँदाबित्तिकै होशियारीपूर्वक रोकथामका लागि तयारी गरे तर अमेरिकाले कोरोना भाइरसबारे न त कुनै योजना बनायो, न कुनै जनचेतना । अमेरिकामा मानिसलाई कोरोना भाइरसका कारण उत्पन्न जटिलताको बारेमा जानकारी नै थिएन । उनीहरू सडक, महल, सामुन्द्रिक तट, रेल तथा हवाइयात्रा, कार्यालय, होटल, स्कुलकलेज, सिनेमा तथा सभागारमा मानिस जस्न मनाइरहेका थिए । यस्तो प्रशासनिक अनभिज्ञतालाई देखेर अमेरिकाको प्रसिद्ध अनलाइन खबर एमएसएनबिसीले लेखेको थियो– “ट्रम्प प्रशासनले कोरोना भाइरससँग जुध्न पर्याप्त समयलाई सदुपयोग गर्न सकेन, जसका कारण ठुलो मूल्य चुकाउनुपरेको छ ।”

    केही दिनअगाडि लन्डनमा अवस्थित इम्पिरियल कलेजले आफ्नो एक रिपोर्ट प्रकाशित गरी चेतावनी दिँदै लेखेको थियो– “यदि प्रशासनले घातक कोरोना भाइरसको बारेमा गम्भीरतापूर्वक नलिने हो भने ब्रिटेनमा करिब पाँच लाख र अमेरिकामा करिब २२ लाखजति मानिसले जीवन गुमाउनुपर्ने छ । यदि तुरुन्तै सावधानी अपनाउने हो भने कमसेकम आधाजति मृत्यु सङ्ख्या घटाउन सकिने छ ।” उक्त रिपोर्टपछि मात्र अमेरिकी ट्रम्प प्रशासनको होस उड्यो र कोरोना भाइरसका बारे रोकथामका उपाय अपनाउने तयारीको तत्परता देखाउन थाल्यो ।

    तृतीय गल्ती
    अमेरिकाले चीनबाट आउने जाने मानिसलाई रोक फेबु्रअरीको पहिलो हप्तादेखि लगाएको थियो, त्यो पनि सीमित रूपमा । तर त्यतिबेला धेरै ढिला भइसकेको थियो । अमेरिकाको स्वास्थ्य विशेषज्ञ रान क्लेनका अनुसार जनवरीदेखि फेबु्रअरीको पहिलो हप्तासम्म चीनबाट करिब ३ लाख ५० हजार मानिस अमेरिका प्रवेश गरिसकेका थिए । २४ जनवरीको चीनबाट आएका २ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि पनि भइसकेको थियो ।

    चौथो गल्ती
    कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई ब्यापक रूपमा चेकजाँच नगराउनु चौथो गल्ती थियो । अहिले ताइवान, हङकङ, दक्षिण कोरिया, जापान र सिङ्गापुरले कोरोना भाइरसको प्रभावलाई बढ्न दिएनन् । यसका तीन कारण छन् ः यस भाइरसका प्रारम्भिक सङ्क्रमण देखिँदाबित्तिकै सशक्त रूपमा प्रतिक्रिया जनाउनु, धेरैभन्दा धेरै मानिसमा चेकजाँच गर्नु र लकडाउन अथवा सामाजिक दूरी कायम गर्नु । अमेरिकाले यी सबै महत्त्वपूर्ण काम गर्न धेरै ढिला ग¥यो । २६ फेबु्रअरीको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले “हाम्रो सरकारले जे जति गरेको छ, जसले गर्दा अमेरिकी जनता कम जोखिममा छन्, हामीसँग अहिले १५ जना कोरोनाका विरामी छन्, त्यो पनि केही दिनमा शून्यमा आउने छ” भनी हचुवाका भरमा बोलिरहेका थिए ।

    पाँचौँ गल्ती
    प्रशासनले देशमा महामारीसँग लड्नका लागि अधिक क्षमता भएका हस्पिटल, क्वारेन्टाइनको लागि उचित ब्यवस्था, ब्यापक रूपमा चेकजाँचको ब्यवस्था, ब्यापक आपतकालीन मेडिकल आपूर्तिजस्ता महत्त्वपूर्ण विषयमा गम्भीरतापूर्वक तयारी गर्न सकेन । अमेरिकनको भनाइअनुसार ओबामा सरकारले तयार गरेका सबै संरचना वर्तमान सरकारले ध्वस्त पारेको थियो । अब यो ठुलो संरचाना निर्माण गर्न पनि त्यति सजिलो छैन, अर्कोतिर आवश्यक सुविधा बिना बिरामीको उपचार पनि सम्भव हुँदैन ।

    छैटौँ गल्ती
    कोरोना भाइरसको जाँच गर्ने किट्स जर्मनीमा बनेको थियो । विश्व स्वास्थ्य सङ्गठनद्वारा मान्यताप्राप्त उक्त किट्स अमेरिकाले नकिन्ने निर्णय ग¥यो । अन्य देशले उक्त किट्स किनेर चेकजाँच सुरु गरे तर अमेरिकी साम्राज्यवादको आफ्नै घमण्डका कारण उसकै देशमा कोरोना जाँच प्रक्रिया ढिला हुन पुग्यो । अमेरिकामा सही ढङ्गबाट कोरोना जाँच हुन सकेन । विश्वस्तरमा त्यो किट्सको ठुलो डिमान्ड भयो ।

    आश्चर्यको कुरा त यो छ, संसारको महाशक्ति राष्ट्र अमेरिका आज भीषण महामारीको वैश्विक केन्द्रबिन्दु हुन पुग्यो । यसले लाखौँ अमेरिकी जनताका जीवन खतरामा त परेको छ नै भावी चुनावमा ट्रम्पको कुर्ची रहन्छ वा रहँदैन भन्ने पनि अनिश्चित बनेको छ ।

    कोभिड–१९ द्वारा भयावह अवस्थामा पुगेको अमेरिकी साम्राज्यवादको असली रूप कस्तो थियो भन्नेबारेमा सिएनएनकी राष्ट्रिय सुरक्षा विश्लेषक सामन्था विनोग्राडले लेखेकी छन्– “अहिले भाइरसको रोकथाम, सङ्क्रमितको उपचार र आवश्यक स्वास्थ्य उपकरणको जोहोमै अमेरिका सङ्घर्षरत छ, भाइरस नियन्त्रण भइसकेको दाबी गर्ने चीन स्वास्थ उपकरण तथा अन्य सामग्री उत्पादनमा केन्द्रित छ । केही महिनाको लकडाउनपछि चीनले आफ्नो आर्थिक रिक्तता पूर्ति गर्दै बाउन्स ब्याक गर्न सक्छ, हामी भाइरस रोक्नकै लागि उफ्रिरहेका हुनेछौँ । उनीहरूसँग रणनीति छ, हामीसँग छैन । उनीहरूको विदेशनीतिको प्रभाव आज जस्तो छ, त्यस्तो आधुनिक इतिहासमा यसअघि थिएन । यो उनीहरूले देखाइसकेका पनि छन् ।

    अमेरिकी तथा चिनियाँ अधिकारी बीचको शब्दको युद्ध पछिल्ला केही दिनदेखि मत्थर भएको छ । विदेशमन्त्री पोम्पेओले सङ्कटबारे चिनियाँलाई दोष लगाउनु गलत थिएन । तर पोम्पेओ र राष्ट्रपतिले यस भाइरसलाई ‘चिनियाँ भाइरस’ वा ‘उहान भाइरस’ भन्नु धेरै अर्थमा गलत हो । जनवरीमा भाइरस नियन्त्रणका लागि चीनले गरेका प्रयासको तारिफ गर्ने ट्रम्पले अहिले यस्तो अभिव्यक्ति दिँदा एसियन–अमेरिकीमाथिको रङ्गभेदी आक्रमणमा अनावश्यक घ्युमात्र थपिएको छैन, बरु बाँकी विश्वलाई समेत मिश्रित सन्देश मिलेको छ । यसलाई मात खुवाउने गरी जी–७ राष्ट्रको संयुक्त विज्ञप्ती जारी गर्ने सिलसिलामा अमेरिकाले ‘उहान भाइरस’ नाम राख्नु पर्ने जिद्दी ग-यो, तर अन्य देश सहमत भएनन्, जसले गर्दा विज्ञप्ती नै निस्किएन । यसरी एकताको वास्तविक खाँचो पर्दा हामीले आफ्नो समूह वा मित्रतालाई अङ्गभङ्ग बनायौँ ।”

    यसले के देखाउँछ भने अमेरिकी साम्राज्यवादको दम्भ र घमण्डभित्रको खोक्रोपन झन्पछि झन् उदाङ्गो हुँदै गएको छ । उनी अगाडि लेख्छिन्– “अब अमेरिकी जनताको जीवन स्वास्थ उपकरण पठाउन चिनियाँ कम्युनिस्ट पार्टीले दिने स्वीकृतिमा निर्भर छ, त्यसैले शब्दको युद्ध मत्थर भइसक्यो । थाहा छैन, चीनले यसको बदलामा ट्रम्प प्रशासनसँग के लिन सक्छ । तर यो छर्लङ्गै छ, ट्रम्प प्रशासनको गम्भीर चाहना अमेरिकी जनताको ज्यान जोगाउनु हो भन्ने चीनले बुझेको छ र आफ्नो लक्ष्य हासिल गर्नका लागि अमेरिकाले कम्युनिस्ट पार्टीलाई खुसी बनाइराख्नुपर्ने आवश्यकता छ ।” यसले के देखाउँछ भने चीन अब विश्वको शक्तिशाली देश बन्न पुगेको छ र यो भाइरसले निम्त्याएको विषम परिस्थितिमा मृत्युसँग लडिरहेका अमेरिकी जनताका जीवन चीनको हातमा निहित बन्न पुगेको छ ।

    एक मिडियाले त १० दिनमा निर्माण भएको चिनियाँ अस्पताललाई हिटलरको ‘अटोवान’ निर्माणसँग तुलना ग-यो र जब चिनियाँ सरकारले सङ्क्रमित व्यक्तिलाई परिवारबाट अलग्याउन क्वारेन्टाइन आवास प्रयोग सुरु ग-यो, पश्चिममा तिनलाई राज्यआतङ्कका रूपमा चित्रित गरिँदै थियो, तर अहिले प्रकोपको विनाशकारी मोडबाट बाहिरिएर चीनले आफ्नो अनुभवलाई उदाहरणीय रूपमा प्रस्तुत गर्न थालेको छ । उसले अहिले अमेरिका, इरान र इटलीलाई चिकित्सकीय सामग्री तथा अन्य सुझाव दिएर सहयोग दिन सुरु गरेको छ ।

    (लेखक मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.