काठमाडौं । सरकारले देशव्यापी लकडाउन अवधि बैशाख १५ गतेसम्मका लागि थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म थपेको हो ।
Advertisement
देशका बिभिन्न ठाउँमा कोरोना (कोभिड १९) बाट संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन बढाइएको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
लकडाउन थप गरिएको यो तेस्रो पटक हो । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन यसअघि एक–एक हप्ता थप गर्दै अहिले करिब दुई हप्ता (१२ दिन) लम्ब्याएको हो ।