रोहतक (भारत) । भारतको रोहतकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ ।
रोहतकको सेक्टर १४ अफिसर कालोनीमा गत मार्च १७ सदस्यीय टोल समिति गठन गरिएको छ ।
नगर समितिका अध्यक्ष सुभाष गौतमको पहल एवम् पश्चिम उत्तर क्षेत्रीय सदस्य रेशम विक, नगर सदस्य गणेश शर्मा र सावित्रा दमसेको
विशेष उपस्थितिमा सम्पन्न भेलाले सो समिति गठन गरेको मूल प्रवाहले जनाएको छ ।
अध्यक्षमा क्षेत्री
भेलाले बमबहादुर क्षेत्री अध्यक्ष रहनुभएको टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राधा सुनार, सचिवमा चोपलाल गौतम, सहसचिवमा बलवीर सुनार र कोषाध्यक्षमा पार्वता क्षेत्री रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा तारा गौतम, राजु गौतम, निरू गौतम र कमल क्षेत्री तथा वैकल्पिक सदस्यहरूमा लक्ष्मी थापा ए, लक्ष्मी थापा बी, प्रविन थापा र शोभाखर पोख्रेल रहनुभएको छ ।
भेलाले किरण थापा, मनबहादुर थापा, मन्जिला थापा र दीपक परियारलाई सल्लाहकारमा चयन गरेको छ ।

श्रीनगरमा पनि टोल समिति
त्यस्तै, नगर समितिका अध्यक्ष सुभाष गौतम र उपाध्यक्ष उषा विकको पहल एवम् पश्चिमोत्तर क्षेत्रीय सदस्य रेशम विकको बिशेष उपस्थितिमा भेला गरी २१ सदस्यीय श्रीनगर कालोनी टोल समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा बिना थापा तथा उपाध्यक्षमा कृष्णा रसाइली, सचिवमा मिरा परियार, सहसचिवमा मिनकुमारी परियार र कोषाध्यक्षमा मीना नेपाली रहनुभएको छ ।
त्यस्तै, पूर्ण सदस्यहरूमा कृष्णा परियार, पुष्पा परियार, पवित्रा परियार, भिमबहादुर रसाइली र प्रकाश परियार रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यमा भरत विक, लक्ष्मण विक, सुमन विक र वीरबहादुर विक तथा सल्लाहकारमा मोहन विक, दीपक नेपाली, अर्जुन परियार, भीमबहादुर परियार, दीपक परियार र प्रेमबहादुर रहनुभएको छ ।
भेलाको अध्यक्षता प्रकाश परियारले र सञ्चालन नगर सदस्य विक्की परियारले गर्नुभएको थियो ।

