खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिले मिर्गौलापीडित ४२ वर्षीय शिवबहादुर नेपालीलाई उपचारार्थ नेरु १९ हजार दुई रुपियाँ सहयोग गरेको छ ।
प्युठान नगरपालिका–९ पाहारवाखा निवासी गुमानसिंह नेपालीको छोरा शिवबहादुर बठिन्डामा मजदुरी गरिरहेका थिए । निजको दुबै मृगौला फेल भई आर्थिक समस्या परेपछि मूल प्रवाह बठिन्डाले सो सहयोग गरेको नरबहादुर ओलीले जानकारी दिनुभयो ।
