आगरा (भारत) । ताजमहलको सहर उत्तर प्रदेशको आगरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिला भेला सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्य मार्च ३, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको उद्घाटन प्रमुख अतिथि खनालले गर्नुभएको थियो ।
सो अवसरमा उद्घाटन मन्तव्य राख्ंदै खनालले सङ्गठित आन्दोलनको खाँचो केवल पुरुषलाई मात्र नभएर महिलालाई झन् धेरै रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय परिषद् सदस्य रामबहादुर केसीको पनि आतिथ्य रहेको थियो ।
मिठु केसीको अध्यक्षता र लखान परियारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीलाई राजकमल दत्तले स्वागत गर्नुभएको थियो ।
भेलाले देवी शाहको संयोजकत्वमा महिला नगर विभाग गठन गरेको छ ।
समितिको सदस्यहरूमा बेली शर्मा, चन्दा पुन, लक्ष्मी देवी (लङ्गडी चौकी), कोपिल परियार, गायत्री भण्डारी, गीता, शान्ता, माया विक, शान्ता परियार, शोभा पाठक, पुष्पा सुनार, सीता, निर्मला थापा, निर्मला, शान्तिदेवी, लक्ष्मी सुनार, रश्मि, मञ्जु, मञ्जुदेवी, पुतली, सपना, आशा केसी, कुमारी गुरुङ, भावना पाण्डे, नन्दनी केसी, वशन्ती दसौँदीलगायत रहनुभएको छ ।
नयाँ समितिलाई प्रमुख अतिथि कपिल खनाल, केन्द्रीय वैकल्पिक सदस्य धु्रव शाह, पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार प्रताप पाण्डे, जनजाति क्षेत्रीय विभागका दिनानाथ पुन, नगर समितिका संस्थापक अध्यक्ष पुरनचन्द सोनीलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
