उद्धव मगर, दोहा ।
Advertisement
नेपाल पत्रकार महासंघ कतार शाखाले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टीकाजङ्ग थापाको प्रमुख आतिथ्य तथा अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा फेब्रअरी २६ २०२४ कादिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाले अतिथि थापालाई मायाको चिनो प्रदान गरेको थियो । यसै क्रममा कतार शाखाका निवर्तमान सल्लाहकार तीर्थसङ्गम रार्इले स्थापनादेखि आठौँ अधिवेशनसम्मको गतिविधिबारे मन्तव्य राख्नुभएको थियो ।
कतारमा पत्रकारिता क्षेत्रमा आबद्ध रही कलम चलाउने पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रमलाइ संस्थाका उपाध्यक्ष अर्जुन पौडेल (ढाकाराम) ले स्वागत मन्तब्य राख्नुभएको थियो ।
शाखाका सचिव शारदा भुजेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।