खुम रायमाझी, कुवेत ।
Advertisement
कुवेतस्थित नेपाली राजदूतावासले श्रमिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
२०८० फागुन ११ गते शुक्रबार जारी प्रेसनोटका अनुसार फागुन १० गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुवेत नेपाली एकता समाजसहित विभिन्न नेपाली सङ्घसंस्थाको उपस्थिति रहेको प्रेसनोटमा उल्लेख छ ।
कार्यक्रममा श्रमिकले गर्न हुने र नहुने कुरा, कुवेतको श्रमकानुनका प्रमुख पक्ष, विप्रेषण साक्षरता, सामाजिक सञ्जालको संयमित प्रयोग, दूतावासले प्रदान गर्ने सेवा, अध्यागमन कानुन तथा श्रमिकका उपयोगी अन्य विषयमा दूतावासद्वारा जानकारी प्रदान गरिएको थियो ।
