चेन्नई, (भारत) ।
भारतको चेन्नईमा पूर्व नगर समितिका उपाध्यक्ष लोकप्रसाद पराजुलीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख आतिथ्यमा बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापा, क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, पूर्व नगर समितिका ओम विक, प्रवासी सङ्घ भारत दक्षिण राज्य समितिका सदस्य शिवप्रसाद अधिकारी र कर्णबहादुर सुनारको उपस्थिति रहेको थियो ।
विमल लामिछानेको सञ्चालन, सूर्यप्रसाद भुसालको अध्यक्षता र बाबुराम सापकोटाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।