राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा १५ दिनको तलब हस्तान्तरण गर्नुभएको छ । सांसद पौडेलले सोमबार सरकारको कोषमा रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
Advertisement
राजमोका उपाध्यक्ष एवं प्रवक्तासमेत रहेकी सांसद पौडेलले कोरोना विरुद्धको संघर्षमा साथ दिन सबैसँग आग्रहसमेत गर्नुभएको छ ।
‘अहिलेसम्म नेपालमा नियन्त्रणमा रहेको कोरोना हाम्रो सानो लापरवाहीले महामारी फैलन सक्छ । त्यसकारण हामी सबै सावधान रहन आवश्यक छ’ युगदर्शनसँग कुरा गर्दै पौडेलले भन्नुभयो, ‘लकडाउनको समयमा दैनिक गुजारा चलाउन नसक्नेलाई सक्नेहरुले सहयोग गरौं । कोरोना विरुद्धको संघर्षमा हामी सबै आ–आफ्नो ठाउँबाट एक जुट बनौं ।’

