• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयमा सहयोगदाताको शिलालेख उद्घाटन (भिडियोसहित)


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन कपन–ज्योतिनगरमा दश हजार रुपियाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम समावेश गरिएको शिलालेख उद्घाटन गरिएको छ ।

    Advertisement

    राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८० माघ २८ गते आइतबारका दिन आयोजित औपचारिक कार्यक्रममाझ उक्त शिलालेख उद्घाटन गरिएको हो ।

    कार्यालयबाट धेरै सहजता भएको छ : केसी

    कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै अध्यक्ष केसीले काठमाडौँ र बुटवलको कार्यालयले पार्टीको काममा धेरै सहजता भएको बताउनुभयो ।

    कार्यालयका लागि धेरै ठाउँमा कोठा खोज्दा खोज्दा कठिनाइ व्यहोरेर राजमोले कार्यालय खोज्न थालेको स्मरण उहाँले सो अवसरमा सुनाउनुभयो ।

    ‘कार्यालय खरिद गर्ने निर्णय गरेपछि सहयोग उठाउन म जापान गएँ’ उहाँले भन्नुभयो– ‘त्यहाँ एकै दिन दश लाख रुपियाँ उठेपछि म उत्साहित भएँ ।’

    उहाँले तीन करोड भनिएको भवन दुई करोड दश लाख रुपियाँमा खरिद गरेकोमा राजस्व मात्रै सात लाख ३५ हजार लागेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘हामीलाई त्यो रकम पनि धेरै थियो । मन्त्रिपरिषद्मा मैले यो समस्या राखेपछि तत्कालीन प्रधानमन्त्रीको पहलमा उक्त रकम मिनाहा भएको थियो ।’

    अध्यक्ष केसीले बुटवलस्थित कार्यालय भवनमा पनि पाँच हजारभन्दा बढी सहयोग गर्नेको नाम छिटै शिलालेखमा लेखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले भवन खरिद गर्न सहयोग गर्ने सहयोगदाता र शिलालेख लेख्नका लागि अहोरात्र खट्ने राजमो कार्यालयका साथीहरू सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    तीन जना मजदुरले तीन महिनामा शिलालेख लेखे : शर्मा

    कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता आनन्द शर्माले शिलालेखसित सम्बन्धित विषयमा मन्तव्य राख्दै तीन जना मजदुरले तीन महिना लगाएर शिलालेख लेखेको जानकारी दिनुभयो ।

    उक्त कार्यमा आफै खट्नुभएका शर्माले भन्नुभयो– ‘एक हजार एक सय ४५ जनाको नाम लेख्न तीन जना मजदुरलाई तीन महिना लाग्यो । यस कार्यका लागि चार लाख रुपियाँजति खर्च लागेको छ ।’

    भवन खरिद गर्दा संस्थागत रूपमा कतार नेपाली एकता समाजले आठ लाख तीन हजार तथा व्यक्तिगत रूपमा दुई लाख रुपियाँसम्म सहयोग गरेको पनि उहाँले बताउनुभयो ।

    शिलालेख लेखनमा ढिलाइ भएकोबारेमा जानकारी दिँदै उहाँले भन्नुभयो– ‘प्रथम त पार्टीका आन्तरिक कार्यक्रम, भूकम्प, कोरोना जस्ता घटनाले र द्वितीय– शीलालेख लेखनको खर्च व्यवस्थापन जस्ता व्यावहारिक समस्याले ढिलाइ भयो ।’

    मन्तव्यको क्रममा उहाँले भवन खरिदसम्बन्धी हिसाबकिताब राखेकोमा तत्कालीन राजमोका कार्यालयका साथीहरूलाई धन्यवाद दिनुभयो ।

    ‘दु:खको कुरा हिँजो भवन खरिदको हिसाब राख्ने साथीहरू अहिले हामीसँग हुनुहुन्न’ उहाँले भन्नुभयो– ‘फेरि पनि विमल शर्मा, ओमबहादुर केसी जस्ता साथीहरूले हिसाब राखेकोमा हामी धन्यवाद दिन चाहान्छौँ ।’

    सोही प्रसङ्गमा जापानको हिसाब हिनामिना भएको भनी ओमबहादुर केसीले लेख नै लेखेको विषयमा नेता शर्माले स्पष्ट पार्दै भन्नुभयो– ‘जापानबाट २३ लाखजति आएको हिसाब गरियो । त्यो हिसाब गर्दा नेरु र जापानी मुद्राको विनिमय दर सय रुपिया नेरु मानिएको थियो तर सटही गर्दा ७८ देखि ९३ रुपियाँमा मात्रै भयो । त्यही कारणले दुई लाख फरक पर्‍यो । त्यही विषयलाई उहाँहरूले भ्रष्टाचार भनिरहनुभएको छ ।’

    मन्तव्यको क्रममा उहाँले भवन खरिदमा कुनै अनियमितता नरहेको स्पष्ट पार्नुभयो ।

    ‘तत्कालीन कोषाध्यक्ष ओमबहादुर केसीले भवन खरिदको हिसाब राख्नुभयो, विमल शर्माले हिसाब जाँचेर सदर गर्नुभयो’ शर्माले भन्नुभयो– ‘२०७२ सालमा बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनमा सोही हिसाब प्रस्तुत भएर पारित भयो ।’

    उहाँले केसी र शर्माले उपलब्ध गराउनुभएको दश हजारभन्दा बढी सहयोगदाताको नाम “हाँक” साप्ताहिकमा प्रकाशन गरिएको र सोही नाम युगदर्शन डट कममा दुईपटक प्रकाशन गरिएको पनि स्मरण गराउनुभयो ।

    ‘त्यस क्रममा एक सय ६२ जनाको छुटेको नाम हामीले शिलालखेमा सामेल गरेका छौँ’ उहाँले भन्नुभयो– ‘सहयोग नै नगरेका र दश हजारभन्दा कम सहयोग गरेकाको नाम यस शिलालेखमा उल्लेख छैन ।’

    दश हजारमुनिका सहयोगदाताबारे निर्णय हुन्छ : पुरी

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले दश हजारभन्दा कम सहयोग गर्ने सहयोगदाताको नामको बारेमा निर्णय हुने बताउनुभयो ।

    ‘दश हजार रुपियाँभन्दा कम सहयोग गर्ने सहयोगदाताका बारेमा के गर्ने ? त्यसबारेमा हामी छलफल गर्दै छौँ’ उहाँले भन्नुभयो– ‘उहाँहरूको नाम पुस्तिकामार्फत सार्वजनिक गर्नेबारे छलफल भइरहेको छ ।’

    नेकपा (मसाल) मा आर्थिक अनियमितता रहेको आरोपको खण्डन गर्दै उहाँ भन्नुभयो– ‘सहयोग गर्ने साथीहरूले कुनै पनि बेला प्रक्रियागत रूपमा आएमा हामी हिसाब देखाउन तयार छौँ ।’

    भवनको विषयलाई लिएर पार्टीमाथि आक्रमण भएको बताउँदै उहाँले भवन खरिद र शिलालेख निर्माण कार्यमा सहयोग गर्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

    राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको अध्यक्षता तथा राजमो पूर्व महासचिव हरि आचार्यको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य सुधा शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव उषा पुन, प्रगतिशील पत्रकार सङ्घका सचिवालय सदस्य महेश रिजाल, युगदर्शनका प्रतिनिधि चन्द्रा थापा, प्राविधिक गोविन्द शर्मा र कार्यालय भवनका प्रतिनिधि मदन पाण्डेको पनि आतिथ्य रहेको थियो ।

      

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.