खिमराज चालीसे, चन्डिगढ
भारतको हरियाणा राज्यको भिवानीबाट ३१ वर्षीय राजु जिसी सम्पर्क विहिन भएका छन् ।
Advertisement
जिसी २ फरवरीदेखि हराएकोले खोज तलासमा सहयोग गरिदिन बुबा छबिलाल जिसीले आग्रह गरेका छन ।
उनी भिवानी अटेला मन्डिबाट लापत्ता भएको परिवारले बताएको छ ।
जिसीको घर प्युठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. १, तल्लाबारी सौतामारे रहेको छ ।
उहाँको मानसिक सन्तुलन खासै ठिक नभएको बताईएको छ ।
जिसी भेटिएमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपालमा राष्ट्रिय जनमोर्चा वा रमेश जिसी +९१९०३४६५९५६३ र छबीलाल जिसी +९१९८९६२२३१८४ मा खबर गरिदिन अनुरोध गरिएको छ ।