• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राहत वितरणमा भएको अनियमितता रोक्न माग

"किसानका लागि प्रभावकारी योजना र श्रमिकका लागि राहत योजना ल्याउन माग "

  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले राहत वितरणमा भएको अनियमितता रोक्न सरकारसित माग गरेको छ । रौतहट जिल्लामा राहत वितरण गर्दा राजनीतिक आधारमा अनियमितता भइरहेको उदाहरण प्रस्तुत गर्दै किसान महासङ्घले यस्तो माग गरेको हो ।

    Advertisement

    २०७६ चैत्र २३ गते किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा यस्तो माग गरिएको छ । किसानका उत्पादन नष्ट भइरहेकोमा प्रभावकारी योजना ल्याउन, देशविदेशका नेपाली मजदुरका लागि राहत योजना ल्याउन र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन माग गरिएको सो वक्तव्यमा अगाडि भनिएको छ–

    “रौतहट जिल्लामा सुकुम्बासी, कृषि मजदुर र कारखाना मजदुरमाझ राहत वितरणमा ठुलो बदमासी भइरहेको रिपोर्ट आइरहेका छन् । विशेष गरेर पालिकास्तरमा निर्वाचित जनप्रतिनिधिले मजदुर र सुकुम्बासीको नाममा आफ्ना कार्यकर्तालाई पोस्ने काम भइरहेको रिपोर्ट प्राप्त भइरहेका छन् । विशेष गरेर यस प्रकारको राहत (चामल, दाल, साबुन, मास्क र औषधि छर्ने काम) धनीमानीलाई वितरण गरिएको, विपक्षमा भोट हालेको भनेर राहतबाट वञ्चित गरिएको समाचार प्राप्त भइरहेको छ । यति मात्र होइन, कोरोना भाइरसको यो विश्वव्यापी महामारीमा सरकारी तबरबाट नै अनियमितता, भ्रष्टाचार तथा राजनीतिकरण हुनु नेपालीलाई महामारीको भूमरीमा धकेल्ने काम ज्यादै निन्दनीय काम हो ।

    रौतहट जिल्ला एउटा प्रतिनिधि मात्र हो । यस्ता विवरण विभिन्न जिल्लाबाट आइरहेका छन् । केन्द्रीय सरकारभित्र पनि भ्रष्टाचार, अनियमितता र यस महामारी विरुद्ध प्रभावकारी भूमिका खेल्न नसकिरहेको समाचार आइरहेको छ । मानवजातिको साझा दुश्मन कोरोना भाइरसको विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा यस प्रकारको राजनीतिकरण विरुद्ध अखिल नेपाल किसान महासङ्घ (अप्फा) घोर भत्र्सना गर्दै सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन र सबै शक्ति एकजुट भई यस महामारीको विरुद्ध एक हुन अपिल गर्दछ ।

    अहिले एकातिर, किसानका उत्पादन खेतबारीमै सडिरहेका छन् भने अर्कातिर, उपभोक्ताले चर्को मूल्य तिरेर पनि कृषि उत्पादन (तरकारी, फलफूल, दुध, मासु) किन्न पाइरहेका छैनन् । पशुपन्छीपालक किसानलाई दाना, घाँस, परालको आपूर्ति भइरहेको छैन । पोल्ट्री व्यवसायी कुखुरा, अण्डा खाल्टोमा पुर्न बाध्य छन् । केही हप्तापछि हुने भोकमरी टार्न, किसानलाई उत्पादनमा लागिरहने योजना प्रभावकारी रूपमा ल्याइएको छैन ।

    राज्यमा बसेका सीमित व्यक्तिले मात्र यस महामारीका विरुद्ध चालिरहेको कदम प्रभावकारी भएको देखिँदैन । मास्क, स्यानिटाइजर, ¥यापिड टेस्ट, अस्पतालको व्यवस्था, डक्टरको सुरक्षा आदि संवेदनशील प्रश्न छन् । तिनीहरूलाई क्रमशः व्यवस्थित गर्न, उक्त कार्यलाई युद्धस्तरमा अगाडि बढाउन देशका सम्पूर्ण शक्ति परिचालन गराउन सकिरहेको छैन । अखिल नेपाल किसान महासङ्घ (अप्फा) लाखौँ श्रमिक (देश तथा विदेश) हरूलाई राहतको योजना तुरुन्त ल्याउन र देशका सम्पूर्ण साधनश्रोत र सबै शक्तिलाई परिचालन गर्न माग गर्दछ ।

    कोरोना भाइरस नयाँ प्रकारको भाइरस भएकाले यसका विरुद्ध कुनै औषधि, भ्याक्सिन निर्माण भइसकेको छैन । त्यसका लागि वैज्ञानिहरू अन्तर्राष्ट्रिय रूपमा लागिरहेका छन् । यस भाइरसलाई जित्नु भनेको लकडाउन (बन्दाबन्दी) मा आपसी दुरीमा बस्नु नै सर्वोत्तम उपाय हो । यसका लागि विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई मानेर हामीले यस महामारीको युद्धलाई जित्न सक्छौँ । विश्वका सम्पूर्ण देशहरूले यसको अनुशरण गर्दै गइरहेका छन् । राज्यले पनि लकडाउनलाई प्रभावकारी रूप दिने व्यवस्था गर्न र हामी नेपालीले यसलाई कठोरपूर्वक अनुशरण गरेर बस्न अपिल गर्दछौँ ।”

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.