• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

संसद्मा अध्यक्ष केसीको व्यङ्ग्य : छोराछोरी अमेरिका पठाएपछि घुस खानुपर्दैन


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले छोराछोरीलाई अमेरिका पठाएपछि अब नेपालमा घुसखोरी नगरे हुने व्यङ्ग्य गर्नुभएको छ ।

    Advertisement

    २०८० माघ २० गते बुधबारका दिन प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

    ‘तपाईंहाम्रा छोराछोरी पनि अमेरिका, अस्ट्रेलिया क्यानडा छन्’ उहाँले भन्नुभयो– ‘अब हामीले घुस खान किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी फर्केर आउँदैनन् । स्वास्नी, छोराछोरीको लागि न हो घुस खाने ।’

    उहाँको व्यङ्ग्य कस्नुभयो– ‘त्यसबाट हामी सबैलाई सजिलो भएको छ भन्ने कुरा मैले महसुस गरिरहेको छु ।’

    मन्तव्य राख्दै उहाँले तेस्रो प्रतिगमन हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

    २०१७ सालमा पहिलो प्रतिगमन भएको र २०५९ सालमा अर्को प्रतिगमन भएको स्मरण गर्दै उहाँले अब प्रतिगामीहरूले तेस्रो प्रतिगमन निम्त्याउन खोजेको भन्दै उहाँले त्यसप्रति सतर्क रहन आग्रह गर्नुभएको हो ।

    त्यस्तै, उहाँले सङ्घीयता अहिले सबैलाई बिजेको धारणा राख्नुभयो । उहाँले सङ्घीय प्रदेश अनुचित भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    यस्तो छ, अध्यक्ष केसीको मन्तव्यको पूर्ण पाठ :

    ‘संसद्को तेस्रो अधिवेशन चल्दै छ । दुइटा अधिवेशनको गतिविधि नेपाली जनताले देखे ।

    संसद्को मुख्य काम नियमकानुन बनाउने हो । सांसदहरू विकासका एजेन्डा भएका छौँ । म आज पनि भौतिक योजना मन्त्रालयमा गएर त्यहाँका कर्मचारी, मन्त्रीहरूलाई जुम्ल्याहा हात जोडेर आएको छु भनेपछि एकातिर हाम्रो काम नियमकानुन बनाउने भने अर्काेतिर विकासको कामको ठेक्का पट्टा पनि हाम्रो जिम्मा । यो व्यवहारमा लागु भएको छैन, हामी नियमकानुन बनाउने मात्रै जिम्मा हो हाम्रो भन्नुपर्दछ । यसमा हामीले विचार पुर्‍याउनुपर्दछ ।

    अहिले देखिएको ठुलो सङ्कट के छ भने यो सङ्घीय प्रणाली नै चाहिँदैन । यसलाई खारेज गर्नुपर्दछ । राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई सङ्घमा नलैजाऊँ । मुलुक सानो छ । आर्थिक हिसाबले पनि यहाँको जुन स्थिति छ, सङ्घ र स्थानीय निकाय भए पुग्छ । त्यसकारण यो प्रदेशको औचित्य छैन भनेर दुई दुई चोटी राष्ट्रिय जनमोर्चाले कुरा राख्यो तर अहिले सबैका मनमा बिजेको छ । सङ्घीयता घाँडो भएको छ सबैलाई । सङ्घीयता बोक्नेलाई पनि घाँडो भएको छ ।

    हामीले अहिले पनि सल्लाह गरौँ । हामीले ल्याएको तीनओटा अङ्गमध्ये सङ्घीय प्रदेश किन चाहियो ? त्यो त राजनीतिक दलका नेताकार्यकर्तालाई ठन्क्याउने ठाउँ भएको छ । सङ्घीयताबाट मुलुक आर्थिक रूपमा चौपट भएको छ ।

    अहिले देशमा यो लोकतन्त्र, गणतन्त्र चाहिँदै चाहिँदैन भनेको त यहीँभित्र सुनियो । के चाहिन्छ त भन्दाखेरी प्रतिगमन चाहिन्छ । एउटा प्रतिगमन त २०१७ सालमा भएको थियो । अर्काे प्रतिगमन २०५९ सालमा भएको थियो । अब हुने प्रतिगमन भनेको तेस्रो हो । त्यसकारण हामी सबै सजग हुनुपर्दछ ।

    तपाईंहाम्रा छोराछोरी पनि अमेरिका, अस्ट्रेलिया क्यानडा छन् । अब हामीले घुस खान किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी फर्केर आउँदैनन् । स्वास्नी, छोराछोरीको लागि न हो घुस खाने । त्यसबाट हामी सबैलाई सजिलो भएको छ भन्ने कुरा मैले महसुस गरिरहेको छु ।

    यही हो, संसदीय प्रणाली । सत्तामा बसुञ्जेल जे पनि गर्ने, बाहिर बसेपछि रुवावासी गर्ने जुन प्रणाली छ, यो गलत प्रणाली हो ।’

    मध्यपहाडी राजमार्ग सम्पन्न गरौँ

    बुधबार नै सून्य समयमा मन्तव्य राख्दै अध्यक्ष केसीले मध्यपहाडी लोकमार्ग पूरा गर्न आग्रह गर्नुभयो ।

    ‘मध्यपहाडी राजमार्गको बिहुँ उपल्लो खण्डमा पुरानो ठेकेदारलाई खारेज गरिएको छ, नयाँ ठेकेकारको व्यवस्था गरिएको छैन’ उहाँले भन्नुभयो– ‘त्यो बाटो गत १५ वर्षदेखि अलपत्र छ । हिउँदमा धुलो र बर्खामा हिलोले त्यहाँ बासिन्दा आजित भएका छन् ।’

    उहाँले पटक पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सो राजमार्गको समस्या समाधान नभएकोमा सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
    त्यस्तै, उहाँले कालीगण्डकी कोरिडोर अलपत्र भएको तथा त्यहाँका ठेकेदारले वक्यौता नपाएको पनि गुनासो गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘भारत र चीनलाई जोड्ने जुन कालीगण्डकी कोरिडोर छ, त्यो अलपत्र परिरहेको छ । त्यहाँ ठेकेदारले काम गरे पनि करोडौँ रुपियाँ बक्यौता छ । सरकारले त्यतातिर ध्यान नै दिएको छैन ।’

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.