खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
मूल प्रवा अखिल भारत नेपाली एकता समाजले भारत हिमाचल प्रदेशको किन्नोरमा नवनियुक्त जिल्ला उपायुक्त डा. अमितकुमार शर्मासँÞग भेट गरेको छ ।
मूल प्रवाहको प्रतिनिधिमण्डलले फेब्रुअरी ५, २०२४ सोमबारका दिन भेट गरी भारतस्थित नेपालीका समसामयिक समस्याबारे अवगत गराएको हो ।
भेटवार्ता टोलीको नेतृत्व मूल प्रवाह हिमाचल राज्य समितिका सहसचिव मिथुन सिंहले गर्नुभएको थियो । टोलीमा रिकाङपिओ नगर समितिका नरेन्द्र, तारा चन्द, रतनसिंह, छत्र बहादुरसमेतकाको सहभागिता रहेको थियो ।
नवनियुक्त जिल्ला उपायुक्त किन्नौरका डा. शर्माले नेपालीका समसामयिक समस्यामा मूल प्रवाहसँग सहकार्य गर्दै समाधान गर्ने आश्वासन दिनुभएको मूल प्रवाहका सहसचिव मिथुन सिंहले जानकारी दिनुभयो ।
