• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लकडाउनको आवश्यकता र सीमा पारि नेपालीको अवस्था


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    पूर्व निर्धारित लक डाउनको समयावधि समाप्त हुन दुई दिन मात्र बाँकी छ । सरकारका विभिन्न जिम्मेवार मन्त्रीहरुका अहिलेसम्म सार्वजनिक भएका अभिब्यक्ति, लकडाउनलाई थप कडा गर्ने चैत्र २२ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय तथा लक डाउनको समयावधि थप्नु पर्ने आवश्यकता र औचित्यमाथि ध्यान दिँदा लकडाउनको समयावधि थप हुने देखिन्छ।

    कोरोना भाइरसकाविरुद्ध चीनले अपनाएको मोडालिटीको विश्वमा प्रशंसा भइरहेको छ । समाजिक दूरी कायम राख्न लक डाउनको उपाय प्रयोग गरेर चीनले महामारीमाथि नियन्त्रण कायम गर्न सफलता प्राप्त गरेको छ । चीनले लक डाउनको घोषणा गरेर मात्रैै रोगको सङक्रमणमाथि नियन्त्रण कायम गर्न गारो पर्दथ्यो । यदि चिनियाँ जनता, सरकार र पार्टीमा उच्चस्तरको अनुशासन नभइ दिएको भए ।

    हामी धेरै टाढा जानु पर्दैन भारतको उदाहरण हाम्रो अगाडि छ । भारतमा लक डाउनको घोषणा गरिएको छ । तर लक डाउनको ब्पापकमात्रामा उल्लंघन भएका घटना लगातार सार्वजनिक भैरहेका छन । रोगलाई फैलिन नदिन सामाजिक दूरी कायम गर्न लकडाउन नेपालका लागि पनि महत्वपूर्ण उपाय हो । यसको पूर्ण पालना र कार्यन्वयनमा हामीले जोड दिनु पर्दछ ।

    लक डाउनसँग जोडिएको महत्वपूर्ण पक्ष हो, अन्तर्राष्ट्रिय आवागमनमा रोक लगाउनु । त्यसका लागि नेपालले चीन र भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाइएको छ । नेपालका दुई निकटतम छिमेकी मध्ये चीनसँग हामीलाई कुनै समस्या छैन । यद्यपी सतर्कताको आवश्यकतालाई अस्वीकार गर्न मिल्दैन । हाम्रो मुख्य समस्या भारतसंँ नै रहेको छ । भारतमा पहिलेको भन्दा रोगको संक्रमण तिव्र ढंगबाट बढिरहेको छ । मृत्यु हुनेको सङख्यामा पनि बृद्धि भैरहेको छ । नेपाल र भारत दुईटै मुलुकमा लक डाउन र सिमानाका बन्द भएर पनि भारतबाट नेपाल आउने क्रम जारी छ । सिमानाकालाई कडाईका साथ बन्द गर्ने काम हुन सकिरहेको छैन । जसको परिणाम भारतसँग सीमा जोडिएका र मान्छेहरुको बढी आवागमन भइरहेका मध्ये कैलाली, कञ्चनपूर, बाँके, रुपन्देही र परासीलाई यो रोगको उच्च जोखिम (रेड जोन)मा रहेको जिल्लाको रुपमा सरकारले बर्गीकरण गरेको छ ।

    कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुई जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिनु र भैरहवासँग सीमा जोडिएको भारतीय गाउँमा ६ जना कोरोना संक्रमित देखिनुले पनिस्थितीको गम्भीरतालाई बताउँछ । त्यसैले अन्तर्राष्ट्रिय सिमानाकालाई यो अवधिमा कडाई साथबन्द गरिनु पर्ने आवश्यकता छ ।

    नेपाल–भारत सिमानाकालाई भारतबाट आएका झन्डै एक हजार नेपालीहरुले नेपाल आउन नपाएर दुःख पाइरहेका छन् । उनीहरुले स्वदेश आउन पाउनु पर्दछ । तर सरकारले गठन गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले सिमानाकामा अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेश गराउन नसक्ने निर्णय गर्यो । जुन गलत छ । सिमानाकामा नेपालीहरुले भोगिराखेको समस्यामाथि ध्यान दिँदा मानवीय दृष्टिकोणले पनि उनीहरुलाई सरकारले नेपाल ल्याउने बातावरण बनाउनु पर्ने आवश्यकता छ । तर अर्कोतर्फ यो स्थितीमा नियन्त्रण नहुँदै भारतबाट अनियन्त्रित ढंगबाट मान्छे आईरहने र नेपालले पनि प्रवेश गर्न दिइरहने हो भने त्यसले रोगको संक्रमणलाई बढाएर महामारीको रुप लिने खतरा पैदा हुने छ । त्यसैले सिमानाका बन्दलाई कडाईपूर्वक कार्यान्वयन गर्न तथा भारत स्थित नेपालीहरुको समुचित व्यवस्था गर्न भारतीय सरकारसँग नेपाल पक्षले कडाईका साथ कुरा राख्नु पर्दछ ।

    नेपालभारत सीमासँग जोडिएका धार्चुला, बनबासा, झुलाघाट, पलिया, उत्तरप्रदेशको रामपुर र नौतनुवा, नेपालगञ्जसँग सीमा जोडिएको दशगजा क्षेत्रमा क्वारेन्टिन बनाएर नेपालीहरुलाई राखिएको छ । नेपालीहरुलाई राखिएका स्थलहरुमा केही ठाँउहरु बाहेक विश्व स्वास्थ्य संगठनको कुरा त छोडांै हालै नेपालले कायम गरेको मापदण्ड पनि पूरा नगरी निर्माण गरिएका क्वारेन्टिन राखिएको छ । ती क्वारेन्टिन नभएर १४ दिनसम्म नेपालीहरुलाई राख्नका लागि उपलब्ध गराइएका आश्रयस्थल जस्तै छन् । स्वास्थ्य परीक्षणको उद्देश्यले १४ दिनसम्म राख्नका लागि भारतले उपलब्ध गराएका आश्रयस्थलमा नेपालीहरुलाई खाँदेर राखिएको र विभिन्न प्रकारले भारतीय पक्षबाट दुव्र्यवहार भैरहेका फोटाहरु सार्वजनिक भएका छन् । भारतीय पक्षकोे दुब्र्यवहार सहेर नेपालीहरु ती आश्रयस्थलहरुमा बस्न विवश छन् । तिनीहरुको उद्धार गर्नमा सरकारले ध्यानदिनु पर्ने आवश्यकता छ ।

    लकडाउन र अन्तर्राष्ट्रिय सिमानाका बन्द गरेको तीन चार दिनसम्म पनि विभिन्न कारणले भारतमा कार्यरत नेपालीहरु नेपाल–भारत सीमासम्म आइपुग्ने कुरा स्वभाविकै हो । त्यसलाई अन्यथा मान्न मिल्दैन । त्यो अवस्था सरकारले आवश्यक व्यवस्था मिलाएको पनि थियो । सुदूरपश्चिमका विभिन्न नाका प्रयोग गरेर मात्र १ लाख ४३ हजार ३ सय ४७ जना नेपालीहरु नेपाल आइपुगेका थिए । तिनीहरुलाइ नेपाल प्रवेशको मौका दिइयो । बन्दीअवस्थामा डडेल्धुरा जिल्लामा मात्र ६ हजार नेपाली भित्रिएका थिए । तिनीहरुलाई जानकारी नभएको हुनाले तात्कालिन अवस्थामा मानवीय हिसाबले प्रवेश गराउनु न्यायोचित नै थियो । तर त्यससँगै रोग पनि भित्रिने गम्भीर जोखिम नेपालले उठायो । भारतका विभिन्न ठाउँबाट आएका लाखौं नेपालीहरु मध्ये २ हजार ३ सय १५ जना नेपालीहरु मात्र सुदुूपश्चिमका विभिन्न क्वारेन्टिनमा राखिएका छन् । ठूलो संख्या सम्पर्कमा आउन मानेको छैन वा आएका छैनन् ।

    अहिले पनि नेपालीहरुको भारतबाट आउने क्रम जारी छ । यो विषय गम्भीर प्रकारको छ । भारतमा २१ दिन लामो लक डाउनको घोषणा गरिएको छ । तर लक डाउनको अवधिमा नेपालीहरु नेपाल भारत सिमानाकामा आइपुग्नु कसरी सम्भव भैरहेको छ ? लदाख, जम्मुकाश्मीर , मद्रास, बेङ्गलोर, हैदराबाद र हिमाञ्चलका विकट ठाउँबाट पनि नेपालीहरु आइरहेका छन् । ती ठाउँहरुबाट नेपाल आइपुग्न तीनदेखि सात दिनसम्मको रेलको यात्रा पुरा गर्नु पर्ने हुन्छ । नेपालीहरु नेपाल भारत सिमानाकामा आइपुग्नाका पछाडी संकटका बेला घरपरिवारलाई भेट्न तथा आफ्नो जन्मभूमिमा पुग्ने मनोभावनाले काम गरेको त छँदैछ । त्यसका साथै भारतले दबाव दिएर नेपालीहरुलाई नेपाल आउन बाध्य पार्ने काम गरीरहेको छ । भारतका कतिपय ठाउँमा प्रहरीले भारत छोड्न धम्की दिएको र एक ठाउँबाट अर्को ठाउँमा सार्दै नेपाल भारत सिमानाकासम्म पु¥याउने गरेको सूचनाहरु पनि छन् ।

    बाँके जिल्लासँग सीमा जोडिएको नेपाल भारत सिमानाका रुपहेडिया ल्याई पुर्याइएका १५० जना नेपालीहरुलाई रातारात भारतीय सीमा सुरक्षाबलले ट्याक्टरमा कोचेर नेपाल पुर्याएकोे थियो । आज सिमानाकामा नेपालीहरुले पाईराखेको दुःख भारतद्धारा श्रृजित समस्या हो ।

    नेपालका विभिन्न स्थानबाट लकडाउन र अन्तर्राष्ट्रिय सिमानाका बन्दको अवधिमा भागेर भारततर्फ जान खोज्ने भारतीयहरुको संख्यापनि नेपालमा कम छैन । नेपालबाट भारतमा अत्याधिक रुपमा विपे्रष्ण (रेमिटयान्स) जाने गर्दछ । वैध तरिकाबाट मात्र भारतीयहरुले नेपालबाट वार्षिकरुपमा ३ अर्ब अमेरिकी डलर रेमिटयान्स भारत पठाउन गरेका छन् । त्यसबाट पनि नेपालमा भारतीयहरुको उपस्थितीको अनुमान लगाउन सकिन्छ ।

    केवल नेपालीहरु मात्रै भारतमा मजदुरी गर्न जाने गरेका छैनन्, भारतीयहरु पनि नेपालमा मजदुरीका लागि आउने गरेका छन् । तर, भारतले नेपालीहरु प्रति गरिरहेको जस्तो अपमानजनक व्यवहार नेपालले भने भारतीय नागरिकप्रति गरेको छैन । नेपालबाट भारत तर्फ भागेर जाने भारतीहरुलाई सीमानाकामा नियन्त्रणमा लिएर सम्मानका साथ विभिन्न क्वारेन्टिनमा राखिएको छ ।

    ति क्वारेन्टिनहरु भारतीय पक्षले नेपालीहरुलाई उपलब्ध गराएको आश्रयस्थल नभएर नेपाल सरकारको स्वीकृत मापदण्ड अन्तरगत निर्माण गरिएका क्वारेन्टिन हुन । कैलालीको धनगढीमा ४० जना भारतीयहरुलाई सशस्त्र प्रहरीको क्वारेन्टिनमा राखिएको छ । अलपत्र परेका भारतीयहरुलाई पनि सरकारले धनगढीमा ब्यवस्था मिलाएको छ । ति भारतीय मजदुरहरु सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा कार्यरत थिए । भागेर भारततर्फ जान खोज्दा नेपालतर्फको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारत जान नदिएर क्वारेन्टिनमा राखिएको छ ।

    त्यसै गरी काठमाडौं लगाएतका विभिन्न ठाउँमा काम गर्ने ३५२ जना भारतीय मजदुर बीरगञ्ज नाका काटेर भारत जान खोज्दा नेपाल प्रहरीले नियन्त्रणमा लिएर विभिन्न क्वारेन्टिनमा राख्ने प्रबन्ध मिलाएको छ । केही समय अगाडि वीरगञजको मितेरी पुलमा झण्डै ५०० भारतीयहरु भारत जान खोजेका थिए । तिनीहरुलाई भारत जान नदिएर नेपालमा नै ब्यवस्थापन गरिएको ठाउँमा फिर्ता पठाएको छ । रुपन्देही जिल्लाको विभिन्न स्थानमा १५० जना भारतीयहलाई क्वारेन्टिनमा राखिएको छ । झण्डै ७५० जना भारतीयहरुलाई नेपालको क्वारेन्टिनमा राखिएको छ । भारतीयहरुलाई त्यसरी राखेको कारण भारतलाई होच्याउने काम नेपालको प्रचार माध्यमले गरेको पनि छैन । भारत आफैँले समस्या खडा गरेर नेपाल र नेपालीलाई आफ्ना प्रचार माध्यमबाट होच्याउन समेत कोशिस गरिरहेको छ ।

    संयुक्त राष्ट्रसंघमा आवद्द भएका वा नभएका गरि २०४ देशमा कोरोना भाइरस फैलिई सकेको छ । अर्थात् यो अब कुनै एउटा देशको मात्रै समस्या रहेन । कुनै एउटा मुलुकको एकल प्रयासबाट यो महामारीमाथि नियन्त्रण कायम गरेर विजय प्राप्त गर्न सकिन्न । त्यस्तो अवस्थामा विश्वका सबै मुलुकहरुका बीच यो रोगका विरुद्ध लड्न आपसी एकता, सहयोग र समन्वय आवश्यकता पर्दछ । त्यसो गरेर नै यो संकट माथि विजय प्राप्त गर्न सकिने छ । त्यसैले यो महामारीको संकटपूर्ण अवस्थामा सबै मुलुकहरुले आप्mनो अन्तर्राष्ट्रिय दायित्वलाई विर्सिनु हुन्न ।
    २०७६, चैत्र २३ गते

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.