बैङलोर (भारत) ।
Advertisement
भारतको बैङलोरमा बझाङकी एक नेपाली महिलाको मृत्यु भएको छ ।
खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा बझाङ तल्कोट गाउँपालिका–१ सुनिकोट भाडाकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो ।
सुतेको अवस्थामा राती ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्याँस पड्किएर गम्भीर घाइते भएकी थापाको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
मृतकका देवर रमेश थापालाई उद्धृत गर्दै मष्टा–७ का नवराज बोहराका अनुसार घटनामा घाइते भएकी मृतक थापाकी छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको छ । अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए ।
मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङलोरमा बस्दै आएको छ ।