• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नेपालमा कोरोना दोस्रो चरणमाः संक्रमित ९ जना, ५६ आईसोलेसनमा


  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण स्थानीयमा पनि फैलिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ दिएको र पहिलो पटक कोरोना संक्रमण स्थानीयमा फैलिएको पुष्टि गर्नुभएको हो ।

    Advertisement

    यो विदेशबाट आएका नेपालीबाट स्थानीयमा सरेको पहिलो घटना हो । यसअघि विदेशबाट आएका मानिसमा मात्रै कोरोना संक्रमण देखिदै आएको थियो ।

    उहाँले कैलाली र कञ्चनपुरको क्वारेन्टाईनमा बसेका ३४ वर्षीया महिला, २१ वर्षीय पुरुष, र ४१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको बताउनुभयो । नमुना परीक्षण पोजेटिभ देखिएपछि तीनै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको पनि उहाँले जानकारी दिनुभयो । दुवै पुरुष भारतबाट आएका हुन् । महिला संक्रमित एकजना संक्रमितको परिवारको सदस्य भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो ‘महिला संक्रमित भेटिनुभएको छ । उहाँ एक जना संक्रमितको परिवारको सदस्य हुनुहुन्छ । उहाँको ट्राभल हिस्ट्री छैन । यो पहिलो केस हामी दोश्रो चरणमा प्रवेश गरेको देखिन्छ । यो संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ । यसलाई हामी लोकल टान्समिसन भन्छौ । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । र यसले पनि थप पुष्ट्याई के गर्छ भन्दा क्वारेन्टाईनमा कति अनिवार्य रुपमा र कति सावधानीपुर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ । त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलन नदिनका निम्ति जो विदेशबाट आउनुभएको छ , उहाँहरु सबैले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपाय अबलम्बन गर्नुपर्ने हुन्छ ।’

    उहाँले संक्रमित २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले स्थानीयमा संक्रमण फैलिएसंगै नेपाल कोरोना संक्रमण फैलावटको दोश्रो चरणमा प्रवेश गरेकाले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्न्टिनमा बसिदिन अनुरोध गर्नुभयो ।

    यसअघि मन्त्रालयका विज्ञहरुले कोरोनाको स्थानीय संक्रमण नभएकाले विदेशबाट आएकालाई मात्रै क्वारेन्टिनमा बस्नका लागि प्राथमिकता दिँदै आएका थिए ।

    पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, सनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सम्म १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ भने काठमाडौं उपत्यकामा १५ जना र काठमाडौं बाहिर ५४ गरी ६९ जना आइसोलेसन छन् ।

    डाक्टर देवकोटाले नमुना परीक्षणको दायरा बढाईरहेको र अहिले काठमाण्डौ बाहिर जनकपुर, धरान, हेटौडा, पोखरा, धनगढी र सुर्खेतमा नमुना परीक्षण भईरहेको तथा चितवन र बुटवलमा भोलीबाट सूरु गरिने जानकारी दिनुभयो ।

    मन्त्रालयको मोबाइल एप्लिेकेसनमा ६ हजार ५ सय २७ जनाले व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये रेडजोनमा रहेका १ सय २६ जनालाई फोन मार्फत टेसिङ गर्ने काम भईरहेको डाक्टर देवकोटाले बताउनुभयो ।

    स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री पीपीई दुरुपयोग भएको पाईएको भन्दै उहाँले समुचित प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘पीपीई यसै पनि अभाव छ । अस्पतालहरुमा पीपीईको समुचित प्रयोग हुनु जरुरी छ । त्यसैले अनावश्यक प्रयोग गर्ने र सञ्चारमाध्यममा पोष्ट गर्ने नगरिदिनुहुन हामी अनुरोध छ ।’

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.