• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अरु देश विमान चार्टर्ड गरेर नागरिक फर्काउँदै, नेपालीहरु सीमा पारि भेडाबाख्रा झैँ कोचिँदै


  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लैजान विभिन्न देशले पहल गरेका छन् । आज (शनिबार) पनि चार देशले विमान चार्टड गरी आफ्ना नागरिक फिर्ता लैजाँदैछन् ।

    Advertisement

    नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावास मार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडान मार्फत् लगिरहेका हुन् ।

    जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ति जहाज आइसकेको विमानस्थल स्रोतले जनाएको छ । यस्तै, मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्नेछन् ।

    कतार एयरवेजको जहाज शनिबार दिउँसो दोहाहुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजानेछ ।

    लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार पाँच सयभन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।

    भारतमा नेपालीको विजोग, भेडाबाख्राझैं कोचिएर बस्न बाध्य
    यता, भारतका विभिन्न शहरबाट सीमासम्म आइपुगेका नेपालीहरु भने भारतीय भूमिमा भेडाबाख्रा जस्तै कोचिएर बस्नुपरेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सुदूरपश्चिमसँग जोडिएको सीमानजिक भारतीय भूमिका क्वारेन्टिनमा बसेका नेपालीहरुको अवस्था देख्दा लाग्छ, उनीहरु मानिस नभएर बेच्नका लागि राखिएका भेडाबाख्रा हुन् ।

    सीमा क्षेत्रमा केयौं दिनदेखि नेपाल प्रवेश गर्न अनुमित मागेका हजारौं नेपालीलाई सरकारले नेपाल आउन नदिएपछि भारतीय भूमिमै कोचाकोच भएर बस्न बाध्य भएका हुन् ।

    नेपाल–भारत सीमा बन्द भएपछि सुदूरपश्चिमसँग जोडिएको भारतीय भूमिमा मात्रै हजारभन्दा बढी नेपाली रोकिएका छन्। तर क्वारेन्टिन व्यवस्थित नहुँदा उनीहरू कोचाकोच गरेर बस्नुपरेको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला नाकाबाट आफ्नो देश प्रवेश गर्ने अनुमति नपाएपछि उनीहरू उतै रोकिन बाध्य भएका हुन्।

    कोरोना भाइरसको संक्रमण फैलिन नदिन उनीहरूलाई क्वारेन्टिनमा राखिएको भए पनि कोचाकोच गरेर बस्नुपरेकाले झनै जोखिम बढाएको छ । दार्चुला पारी धार्चुलामा ९ सय ५७ जना नेपाली क्वारेन्टिनमा रहेको प्रशासनले जनाएको छ।
    कञ्चनपुरस्थित महाकाली पारी बनबासा र टनकपुर क्षेत्रका क्वारेन्टिनमा पनि स्थिति उस्तै छ ।

    एउटै कोठामा २५–३० जनासम्म कोचिएर बस्नुपरेको, हलमा डेढ सय जनासम्म र ग्यालरीमा पनि उस्तै गरी बस्नुपरेको दूरावस्था त्यहाँबाट नेपालीहरुले सामाजिक सञ्जालमा फोटोसहित उल्लेख गरेका छन् ।

    यता, सुनौली नाकामा पनि करिब पाँच सय नेपाली तीन दिनसम्म धर्ना बस्दासमेत सरकारले नेपाल प्रवेशको अनुमति नदिएपछि भारतीय क्वारेन्टिनमा बसेका छन् ।

    नेपालको सुदूरपश्चिमसँग जोडिएको भारतीय भूमिस्थित क्वारेन्टिनमा मात्रै अहिले १ हजार ४ सय ३ नेपाली बसिरहेको बताइन्छ । भारतमा रहेका नेपाली स्वेदश फर्किने क्रम अझै रोकिएको छैन । जसले गर्दा सीमाका भारतीय क्वारेन्टिनमा नेपालीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

    भारतले देशव्यापी लकडाउन गरेपनि विभिन्न शहरबाट फर्कने नेपालीहरुलाई रोकेको छैन । न त व्यवस्थित क्वारेन्टिन नै बनाएर राखेको छ । सयौंको संख्यामा नेपालीहरु सीमानामा बस्दा यदी कसैमा कोरोना संक्रमण भए त्यसले थप भयावह अवस्था निम्त्याउन सक्ने देखिन्छ ।

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.