• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रधानमन्त्रीको सचिवालय भ्रष्ट र तमासेहरुको भिड


  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
  • सुवास जिसी

    Advertisement

    केही दिन यता प्रधानमन्त्रीको सचिवालयका हर्कतहरु हेर्दा त्यो खाली मुर्ख तर भ्रष्टहरुको समूह जस्तो देखिन्छ । प्रधानमन्त्रीको सचिवालयमा बस्नेहरुले र प्रधानमन्त्रीको कामको व्यवस्थापन गर्ने भन्दा पनि भ्रष्टाचार र बदमासी गर्नेहरुको संरक्षण र उच्चस्तरमै अनियमिततालाई वैधानिकता दिने काम गरिरहेका छन् ।

    केही दिन पहिले स्वास्थ मन्त्रालयले चीनसँग स्वास्थ्य सामाग्रीहरु खरिद गर्दा करोडौं रुपैयाँ भ्रष्टाचार भएको समाचारहरु तथ्य सहित बाहिर आए । समाचार अनुसार चीनसँग झण्डै ५० करोड महँगोमा स्वास्थ्य सामाग्रीहरु खरिद गर्न विचौलियाको काम गर्ने उपप्रधानमन्त्री इश्वर पोखरेलका को छोरा, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमालको छोरा, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्री र सचिवालयको मिलोमतोमा ओम्नि ग्रुपलाई अवैधानिक रुपमा समान खरिद गर्ने जिम्मा दिइएको थियो ।

    खरिद प्रक्रियामा भ्रष्टाचार भएका तथ्यहरु बाहिर आएपछि जनस्तरवाट त्यसको व्यापक विरोध भयो । त्यतिन्जेल प्रधानमन्त्रीलाई सचिवालयले ढाँटी रहेको थियो । भ्रष्टहरुको सचिवालयले स्वास्थ्यमन्त्रीको संरक्षणमा लामा लामा लेखहरु प्रकाशित गर्यो । यतिसम्म कि स्वस्थ्यमन्त्री भानुभक्त ढकालको संरक्षण गर्न रविन्द्र अधिकारीलाई जोडेर ‘इमोस्नल ब्ल्याकमेलिङ’ गर्नसम्म भ्याइसकिएको थियो ।

    चौतर्फी विरोध पछि प्रधानमन्त्रीको ठाडो आदेशमा खरिद प्रकृया बन्द भयो । भ्रष्ट सचिवालयको ढाकछोप केही दिन पनि टिकेन । सचिवालयले प्रश्न उठाउनेहरुलाई लेखेको थियो ‘फाटेको जालले छेकेको छेकेपनि छर्लङ्गै देखेको ।’ नभन्दै सचिवालयको जालो उदाङो भयो । धोती फुस्कियो । मुखमा छिर्नै आँटेको चारो फुत्कियो ।

    त्यसपछि चारो फुत्किएको रिसले चुर भएको सचिवालय सुरुमा खरिद प्रकृयामा भ्रष्टाचार हुन थालेको न्युज राख्ने काठमाडौ प्रेस अनलाइनमाथि जाइलाग्यो । अनलाइनबाट भ्रष्टाचार सम्बन्धी समाचार हटाउनको लागि सचिवालयले धम्की दियो । अर्को दिन काठमाडौं प्रेस अनलाइनबाट एकाएक समाचार हट्यो ।

    समाचार हटेपछी पत्रकार महासंघले वक्तव्य जारी गरेर सरकार र सचिवालयको विरोध गर्यो । त्यसको केही समयपछि फेरि सचिवालयवाट पत्रकार, अनलाइन, मिडिया र पत्रकार महासंघ समेतलाई धम्की दिएर फेसवुकमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारको एकाउन्टबाट पोस्ट गरियो । सचिवालयले त्यसमा संलग्नता नभएको दलिल पेश गर्‍यो । त्यसको केही समय पछि नै सत्य खुल्यो । त्यसरी अनलाइन ह्याक गरेर न्युज हटाउने अरु कोही नभएर प्रधानमन्त्री कै सूचना प्रविधी सल्लाहकार असगर अलि पो रहेछन् ।

    यसरी अहिले प्रधानमन्त्रीको सचिवालय मुखमा पर्नै आँटेको ५० करोड फुत्केको झोंकमा पागल बनिरहेको छ । हरेक दिनजसो कुनै न कुनै काण्ड गरेर सचिवालयले तमासा देखाइरहेको छ । उता प्रधानमन्त्री अस्वस्थ भएर सुतिरहेका छन् भने देश कोरोनाले सुतिरहेको छ । यही मौका छोपेर भ्रष्टहरुले तमासा देखाइरहेका छन् ।

    अचम्म छ, यी भ्रष्टका आसेपारेहरुले के सोच्दै छन् रु मानिस यति धेरै भ्रष्ट र पाखण्डी कसरी बन्न सक्छ रु कोरोनाका कारण जनतालाई घर भित्र थुनेर राख्नुपरेको छ । बाहिर यिनीहरुले कताबाट सुको मोहर झार्न सकिन्छ भनेर र्‍याल तप तप चुहाइरहेका छन् । केही गरि कोरोना लागे जनताले केही उपचार पाउनेवाला छैनन् ।

    यिनीहरुले गरेको तयारी, निर्माण गरिएका भनिएका क्वारेन्टिन, औषधि, अस्पताल यी सबै कुरा यिनीहरुका भ्रष्टाचार गर्ने माल बाहेक केही होइनन् । आफ्नी आमालाई कोरोना लागेर मरिन भने पनि यिनिहरुले किन्ने कात्रोमा समेत भ्रष्टाचार गर्नेछन् ।

    बाँकी देश र जनताको कुरा त्यो त धेरै धेरै टाढा कति टाढा र कोसौंको कुरा ! त्यसैले सरकार छ भनेर कसैले नसोचौं बरु जोगिन सकिन्छ भने कोरोनावाट बच्ने सबै सावधानी अपनाऔं ।

    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.