खिमराज चालीसे, चंडिगढ ।
भारतको हिमांचल राज्यमा नेपाली आमाछोरी बेपत्ता भएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–९ ओमखोलाकी मञ्जु नेपाली र पाँच वर्षीया छोरी प्रिन्स जनवरी १ देखि सम्पर्कविहीन भएका हुन् ।
Advertisement
हिमांचलको रिकांगपिओ देखि शिमला जाने क्रममा आमा छोरी सम्पर्कविहीन भएका मञ्जुका पति प्रेम नेपालीले बताए । प्रेम विगत दुईवर्षदेखि परिवारसहित रिकांगपिओमा बस्दै आईरहेका छन् ।
आमाछोरी नै सम्पर्कविहीन भएपछि उनको परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई खोजतलासका लागि आग्रह गरेको छ ।
श्रीमती मञ्जु र छोरी प्रिन्स भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा प्रेम नेपालीलाई नम्बरमा सम्पर्क गरिदिन +९१९८१६२७९६२५ र ७०१८५८४६४९ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।